पोखराको बगाले टोलमा खुकुरी प्रहार गरी श्रीमतिको हत्या

-


     क्लिक गण्डकी     
     भाद्र २६ गते २०८१ मा प्रकाशित


शव

पोखरा, २६ भदौ/ पोखरा महानगरपालिका वडा नम्बर ८ बगाले टोलमा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ ।

अन्दाजी ४५ वर्षीय राधिका कुँवरलाई उनकै श्रीमान जरसिंह कुँवरले खुकुरी प्रहार गरेका हुन् । पारिवारिक घर झगडा हुँदा एक्कासी घाँटीमा खुकुरी प्रहार गरेको स्थानीयहरुले बताएका छन् ।

कास्की प्रहरीले हत्या आरोपमा जरसिंहलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।