सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीको निधन

-


     क्लिक गण्डकी     
     भाद्र २२ गते २०८१ मा प्रकाशित


राजमान थकाली

राजमान थकाली

पोखरा, २२ भदौ/ सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीको निधन भएको छ । फोक्सामा सम्मस्या देखी पछि उपचार गर्दै आएको थिए ।

उनको अष्ट्रेलियामै नेपाली समयअनुसार शनिबार साँझ साढे ५ बजे निधन भएको हो । ५० वर्षीय राजमानका श्रीमती र २ जना छोराहरु छन् ।

पोखराको सभागृहचोकस्थित मुग्लान रेष्टुरेष्ट तथा पोखरामै संचालित मिमाअस कन्सल्टेन्सीका संचालक राजमान लामो समयदेखि अष्ट्रेलियामै बसोबास गर्दै आएका थिए ।

फुटबल खेलमा अभिरुची राख्ने उनी सहाराले अष्ट्रेलियामा बिस्तार गरेको आफ्नो शाखामा उनी संस्थापक अध्यक्ष भइ सेवा गर्दै आएका थिए । उनको मूल घर मुस्ताङ हो ।



Tags: