
सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी
सोलुखुम्बु, ३२ साउन/ सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । दूधकोशीको सहायक खोला (थामे) मा शुक्रबार दिउँसो एक्कासी बाढी आउदा खुम्बु पासाङल्हामू गाउँपालिका वडा–५ मा पर्ने थामे गाउँ प्रभावित भएको छ ।
केही दिनदेखि वर्षा त भइसकेको थियो, तर यति ठूलो बाढी आउने अवस्था नभएको स्थानीयले बताएका छन् । त्यसैले माथिल्लो भेगमा रहेको हिमताल फुटेको हुनसक्ने स्थानीयको अनुमान छ ।
थामे गाउँमा ४५ घरधुरीलाई बाढीले प्रभावीत बनाएको छ । थामे गाउँपुग्न सोलुखुम्बु सदरमुकामबाट ४ दिन लाग्छ ।







