नाट्टा गण्डकीको अध्यक्षमा किशोर दाहाल विजयी (कस्को कति मत)

-


     क्लिक गण्डकी     
     श्रावण २९ गते २०८१ मा प्रकाशित


किशोर दाहाल

किशोर दाहाल

पोखरा, २९ साउन/ नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभस एजेन्टस् नाट्टा गण्डकीको अध्यक्षमा किशोर दाहाल चयन भएका छन् । समितिको महासचिबमा चेतबहादुर कार्की, सचिबमा नवराज भण्डारी, सहकोषाध्यक्षमा संदिप श्रेष्ठ चयन भए ।

उनीहरु निर्विरोध चयन भएका हुन् । अन्य पदमा भने निर्वाचन भएको छ । प्रथम उपाध्यक्षमा संगिता पौडेल ८२ मत प्राप्त गर्दै विजयी भइन् । उनले अघिल्लो कार्यसमितमा द्धितिय उपाध्यक्षमा रहेकी कमला गिरीलाई हराइन् । गिरीले ४२ मत प्राप्त गरिन् ।

त्यसै गरी द्धितिय उपाध्यक्षमा राजेश पहारी ६५ मत प्राप्त गर्दै विश्वराज आचार्यलाई हराए । आचार्यले ६२ मत प्राप्त गरे । कोषाध्यक्षमा सुवास पहारी ८६ मत प्राप्त गर्दा शुशिला सिग्देलले ४० मत प्राप्त गरिन् ।

पाँच जना सदस्यका लागि सात जना चुनावी मैदानमा थिए । जसमा प्रतिक लामिछाने १०२ मत, छवि रमण पौडेलले ९९ मत, पदमराज आचार्यले ८५ मत, विजय पौडेलले ८१ म्त र तुलबहादुर गुरुङ ७१ प्राप्त गर्दै विजयी बने । युवराज हमाल ५८ र सोमनाथ अधिकारी ५८ मत प्राप्त गरे ।