
सुर्य दर्शन वचत तथा ऋण सहकारी ठगी कसूरका १ जना पक्राउ
पोखरा, २ भदौ/ सुर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लि पोखराको जम्मा रहेको रकम सहकारी ऐन, नियमावाली तथा संस्थाको नियम विपरित हिनामिना एवं अपचलन गरेर ठगी कसूरमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।
कास्की प्रहरीले फरार रहेका प्रतिवादी जिल्ला पर्सा विरजंग महानगरपालिका वडा १४ श्रीपुर स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा १७ घारीपाटन बस्ने ४८ बर्षीय अर्जुन नकर्मीलाई पक्राउ गरेको छ ।
सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराका पुर्व सचिव रहेका उनलाई साउन ३२ गते काठमाण्डौ दक्षिणकालीबाट पक्राउ गरेर कास्की जिल्ला अदालत पोखरामा मुद्दाको अभियोगपत्र माग दावी अनुसार सजायको लागि उपस्थित गराईएको कास्की प्रहरीले जानकारी दिएको छ ।







