नेपाल आयल निगम
पोखरा, १७ साउन/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले बुधबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।
पेट्रोलको प्रतिलिटर मूल्यमा एक रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मुल्यमा २ रुपैयाँ घटाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत छ ।
नयाँ मूल्यसूची अनुसार काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा पेट्रोल लिटरको १७० रुपैयाँ, झापा, विराटनगर जनकपुर, नेपालजञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा तथा सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ पर्नेछ ।
नयाँ मूल्यसूची अनुसार काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५८ रुपैयाँ, झापा, विराटनगर जनकपुर, नेपालजञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १५५ रुपैयाँ ५० पैसा तथा सुर्खेत र दाङ क्षेत्रमा १५७ रुपैयाँ पर्नेछ ।