
बुद्ध एयर
पोखरा, १८ साउन/काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गरकोछ छ ।
९एन–एएमडी रहेको उडान नम्बर ६५५ को जहाजमा प्राविधिक समस्या देखिए पछि काठमाडौं फर्किएको हो ।
जहाज काठमाडौंबाट उडेको केही समयमा इन्डिकेटरमा समस्याको संकेत प्राप्त भएको थियो । त्यसपछि थप जोखिम नलिई जहाज काठमाडौंमै फर्किएको हो ।
प्राविधिकहरूले जहाजको जाँच गर्दै गरेको र यात्रुलाई अर्को जहाजबाट पोखरा पठाइएको कम्पनीले जानकारी दिएको छ ।





