पोखरामा विद्युत सर्ट हुदाँ कपास उद्योगमा आगोलागि

-


     क्लिक गण्डकी     
     श्रावण १७ गते २०८१ मा प्रकाशित


आगोलागि

आगोलागि

पोखरा, १७ साउन/ पोखरा महानगरपालिका वडा नम्बर ३ तेर्सापट्टीमा विद्युत सर्ट भई आगोलागि भएको छ । अन्नत कतिलाले ३ कोठाको घरमा संचालन पश्चिमाञ्चल कपास उद्योगमा आगोलागि भएको हो ।

अचानक विद्युत सर्ट भई आगोलागि हुदाँ मेसिन, कपास तथा अन्य सामान समेत गरी करिब २२ लाख बराबरको क्षति भएको संचालकले जानकारी दिएका छन् ।

आगोलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट २५ जना र वडा प्रहरी कार्यालय बगर कास्कीबाट १७ जनाको टोली सहित स्थानी व्यक्ति तथा दमकलको सहयोगमा आगो निनियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।