यातायात व्यवासायीको आन्दोलनमा पोखरामा दुई पत्रकारमाथि आक्रमण, पाँच जना पक्राउ

-


     क्लिक गण्डकी     
     श्रावण १३ गते २०८१ मा प्रकाशित


यातायात व्यवासायीको आन्दोलनमा पोखरामा दुई पत्रकारमाथि आक्रमण, पाँच जना पक्राउ

यातायात व्यवासायीको आन्दोलनमा पोखरामा दुई पत्रकारमाथि आक्रमण, पाँच जना पक्राउ

पोखरा, १३ साउन/ राइड सेयरिङलाई वैधानिकता दिने गण्डकी प्रदेश सरकारको कदमविरुद्ध आन्दोलमा उत्रिएका सार्वजनिक यातायात व्यवसायीले पोखरामा दुई पत्रकारमाथि आक्रमण गरेका छन् ।

व्यवसायीको आन्दोलनको भिडियो खिचिरहेका पत्रकारद्वय सुरज थापा र विना थापामाथि पोखराको पृथ्वीचोकमा आक्रमण भएको हो । आन्दोलनकारीले ग२०प ३९७३ को स्कुटरसमेत तोडफोड गरेका छन् ।

पत्रकारद्वयमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ कास्कीले निन्दा गरेको छ । आक्रमणकारीलाई कार्वाही गर्न अध्यक्ष बिमला भण्डारीले माग गरेकी छन् । पत्रकार सगँ सम्बन्धीत विभिन्न संघ संगठनले निन्दा गरेका छन् ।

कास्की प्रहरीले पत्रकारलाई कुटपिटको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं। ९ शान्तिबन बस्ने वर्ष ४१ को सुर्य बहादुर नेपाली (ट्याक्सी चालक), जिल्ला गोरखा स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म।न।पा।९ पृथ्वीचोक बस्ने बर्ष ३३ को बुद्धि बहादुर बयलकोटी (मजदुर), जिल्ला कास्की पोखरा म।न।पा।१६ लामाचौर बस्ने बर्ष १६ को प्रशान गुरुङ (बसको सहचालक), जिल्ला लम्जुङ सुन्दरबजार न।पा।१ कुन्छा घर भई हाल जिल्ला कास्की पोखरा म।न।पा।५ जिरो बस्ने बर्ष २८ को सन्तोष बस्नेत (ट्याक्सी चालक), जिल्ला स्याङ्जा आँधिखोला गा।पा।२ पोखराचौर घर भई हाल जिल्ला कास्की पोखरा म।न।पा।१७ घारीपाटन बस्ने बर्ष ३५ को टंक बहादुर क्षेत्री ।