पोखरामा स्कुल बस दुर्घटना, १ जनाको मृत्यु, २९ जना घाइते (नामावली सहित)

-


     क्लिक गण्डकी     
     श्रावण १४ गते २०८१ मा प्रकाशित


पोखरामा स्कुल बस दुर्घटना

पोखरामा स्कुल बस दुर्घटना

पोखरा, १४ साउन/ पोखरा २१ कृस्तीमा भएको स्कुल बस दुर्घटनामा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी आरती विक रहेको प्रहरी कास्की प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । सोमबार बिहान पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल बोडिङ स्कुलको बस दुर्घटनामा परेको थियो ।

घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
बस ओराले तर्फ आउदा सडकबाट पहिले विजुलीको पोलमा ठोकिएर करिब ४० मिटर तल सडकमा खसेको छ ।

स्कूल बस दुर्घटना हुँदा ३० जना सवार मध्ये १ जनाको मृत्यु २९ जना घाईते :-

मिति २०८१।०४।१४ गते अं.०८:५५ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२१ गुड्कु स्थित भित्री सडक खण्डमा रामदीबाट पोखरातर्फ आउँदै गरेको पोखरा १७ बिरौटा स्थितमा रहेको L.P. देवकोटा मेमोरियल ईङलिस बोडिङ स्कूलको ग १ क ६२१९ नं.को बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्न जांदा चालक तथा बिद्यार्थी सहित ३० जना घाईते भई उपचारको लागी पोखरा पठाएको, उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी उपरीक्षक मोहन कुमार थापाको कमाण्डमा ५५ जनाको प्रहरी टोली खटिई गई उद्दार कार्य गरेको ।

गण्डकी मेडिकल कलेजमा उपचाररत घाईतेहरु :-

१) जिल्ला कास्की पोखरा म.न.पा. २१ कृष्ती बस्ने वर्ष ९ को अनमोल बि.क., अबस्था मध्यम ।

२) ऐ.ऐ. बस्ने बर्ष ५ को रोशन बराल, अबस्था मध्यम ।

३) ऐ.ऐ. रामदी बस्ने बर्ष १४ को दिप्सन कार्की, अबस्था मध्यम ।

४) ऐ.ऐ. बस्ने बर्ष ६ को योना गुरुङ, अबस्था मध्यम ।

५) ऐ.ऐ. बस्ने बर्ष १३ की डिना गुरुङ, अबस्था सामान्य ।

६) ऐ.ऐ. बस्ने बर्ष १५ की प्रकृती कार्की, अबस्था मध्यम ।

७) ऐ.ऐ. एकहाते बस्ने बर्ष ६ को प्रिन्स राना, अबस्था सामान्य ।

८) ऐ.ऐ. रामदी बस्ने बर्ष ७ की चिजा बि.क., अबस्था सामन्य ।

९) ऐ.ऐ. बस्ने बर्ष ९ को प्रवेश कार्की, अबस्था मध्यम ।

१०) ऐ.ऐ. बस्ने बर्ष १२ की विसिका पौडेल, अबस्था मध्यम ।

११) ऐ.ऐ. बस्ने बर्ष ११ को बिश्वास पौडेल, अबस्था सामान्य ।

१२) ऐ.ऐ. बस्ने अं. बर्ष ४/५ को प्रिन्स बि.क., अबस्था सिरियस ।

१३) ऐ.ऐ. एकहाते बस्ने बर्ष १२ की सिम्रन बि.क., अबस्था मध्यम ।

१४) ऐ.ऐ. रामदी बस्ने बर्ष ११ को विवश खत्री, अबस्था मध्यम ।

१५) ऐ.ऐ. बस्ने वर्ष ३३ की आरती बि.क., ऐ.०९:४१ बजे चिकित्सकद्वारा मृत घोषणा (सोही विद्यालयको कार्यालय सहयोगी) ।

पश्चिम क्षेत्रीय अस्पतालमा उपचाररत घाईतेहरु:-

१)जिल्ला कास्की पोखरा म.न.पा. २१ बस्ने बर्ष ८ की अनन्या पौडेल, अबस्था मध्यम ।

२) ऐ.ऐ. बस्ने बर्ष ३ की सिमन मगर, अबस्था मध्यम ।

३) ऐ.ऐ. बस्ने बर्ष ३ को न्युजन मगर, अबस्था मध्यम ।

४) ऐ.ऐ. बस्ने बर्ष ७ को रिजन मगर, अबस्था मध्यम ।

५) ऐ.ऐ. बस्ने बर्ष १२ को रामकृष्ण नेपाली, अबस्था मध्यम ।

६) ऐ.ऐ. बस्ने बर्ष २ को अंकित खत्री, अबस्था मध्यम ।

७) ऐ.ऐ. बस्ने बर्ष १४ की सितादेवी बि.क., अबस्था मध्यम (निज छोरेपाटन सेकेन्डरी स्कुलमा अध्ययनरत विद्यार्थी)।

८) ऐ.ऐ. बस्ने बर्ष ७ को अस्मित बि.क., अबस्था मध्यम ।

९) ऐ.ऐ. बस्ने बर्ष ३० की सुमित्रा सुनार, अबस्था मध्यम (निज बच्चाको फि तिर्न आएकी अविभावक) ।

१०) ऐ.ऐ. बस्ने बर्ष २ को निर्दोष सुनार, अबस्था मध्यम ।

११) ऐ.ऐ. बस्ने बर्ष ३० की सपना आले, अबस्था मध्यम, (शिक्षक) ।

१२) ऐ.ऐ. बस्ने बर्ष ११ को निश्चल सुनार, अबस्था मध्यम ।

मणिपाल शिक्षण अस्पतालमा उपचाररत घाईतेहरु:-

१) जिल्ला कास्की पोखरा म.न.पा. १७ बिरौटा बस्ने बर्ष ५५ को टेक बहादुर भुजेल, अबस्था मध्यम, (बस चालक) ।

२) ऐ.ऐ. २१ रामदी बस्ने बर्ष ८ को निशान सुनार, अबस्था समान्य ।

३) ऐ.ऐ. बस्ने बर्ष ५ को सागर थापा, अबस्था मध्यम ।



Tags: