पोखरा स्कुल बस दुर्घटना,
पोखरा, १४ साउन/ पोखरा २१ फुसेखोलामा सोमबार बिहान स्कुल बस दुर्घटना भएको छ । पोखरा १७ बिरौटाको एलपी देवकोटा स्कुलको बस सडकबाट करिब ४० मिटर तल खसेको हो ।
बसमा २४ जना विद्यार्थी र चालक र सहचालक थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।