गण्डकी भौतिक पूर्वाधार मन्त्री मनाङेलाई कारबाही गर्न पत्रकारको माग

-


     क्लिक गण्डकी     
     श्रावण १४ गते २०८१ मा प्रकाशित


गण्डकी भौतिक पूर्वाधार मन्त्री मनाङेलाई कारबाही गर्न पत्रकारको माग

गण्डकी भौतिक पूर्वाधार मन्त्री मनाङेलाई कारबाही गर्न पत्रकारको माग

पोखरा, १४ साउन/ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई कारबाही गर्न पत्रकारले माग गरेका छन् ।

आफू भेष्ट लगाएर कार्यकक्षमा बसेको फोटो बारे समाचार लेख्ने पत्रकारलाई कुट्नुपर्ने भनेर मनाङेले अभिव्यक्ति दिएपछि पत्रकारले कारबाही माग गरेका हुन् ।

संसदीय पत्रकार मञ्च, गण्डकीको नेतृत्वमा सोमबार मनाङेलाई कारबाहीको माग गर्दै कार्यवाहक मुख्यमन्त्री विन्दुकुमार थापालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मञ्चका अध्यक्ष भरत कोइरालाले हस्ताक्षर गरेको पत्रमा मन्त्रिपरिषद्का सदस्यले पालना गर्नुपर्ने आचारसंहिता, २०७४ मा मन्त्रीको पोसाक मर्यादित हुनुपर्ने व्यवस्था गरिएको तर त्यसविपरीत गरेको समाचार लेख्दा धम्की दिनु प्रेसमाथिको हस्तक्षेप भएको उनको भनाई छ ।

आइतबार एउटा अन्तर्वार्ता दिने क्रममा मन्त्री मनाङेले गञ्जी लगाएको मेरो फोटो खिच्नेलाई कुट्नुपर्नेमा अरु सोझोलाई कुटेकोझ अभिव्यक्ति दिएका थिए ।

पत्र बुझेपछि कार्यबाहक मुख्यमन्त्री थापाले आफूले आइतबार राति नै यो विषयमा मन्त्री गुरुङलाई ध्यानाकर्षण गराएको बताए । मन्त्री गुरुङले अलिकति गल्ती भएको र अबबाट यस्तो नगर्ने बताएको कार्यवाहक मुख्यमन्त्री थापाले बताए ।