
दुर्घटनामा स्वास्थ्यमन्त्री घाइते, छानबिन समिति गठन
जनकपुरधाम, ८ माघ/ जनकपुरधाममा दुई सरकारी गाडी ठोक्किदा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह घाइते भएका छन् ।
सोमबार राति करिब साढे ९ बजे रामानन्द चोकमा मन्त्री सिंह सवार मधेश प्रदेश ०२– ००१ झ ०१६५ नम्बरको गाडीमा प्र ०३–००१ झ ००९६ नम्बरको गाडीले ठक्कर दिएको हो । दुर्घटनामा घाइते मन्त्री सिंहको उपचार प्रादेशिक अस्पतालमा भइरहेको छ ।
स्वास्थ्य मन्त्रीको स्वास्थ्य स्थिति खतरामुक्त रहेको र घटनाबारे छानबिन गर्न धनुषा प्रहरीले डिएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।
मन्त्री सिंहको गाडीमा ठक्कर दिने गाडी खानेपानी डिभिजन पर्साको रहेको धनुषाका प्रहरीले जानकारी दिएको छ ।