सामुदायिक सेवा केन्द्र बैदाममा ठाकुर प्रसाद बराल

-


     क्लिक गण्डकी     
     माघ १७ गते २०८१ मा प्रकाशित


सामुदायिक सेवा केन्द्र बैदाममा ठाकुर प्रसाद बराल

सामुदायिक सेवा केन्द्र बैदाममा ठाकुर प्रसाद बराल

पोखरा, १७ माघ/ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको बुधबार सम्पन्न २१ औं साधारण सभा तथा १२ औं अधिवेशनबाट ठाकुर प्रसाद बरालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ ।

पोखरा ६ बैदाममा बुधबार भएको १२ औं अधिवेशनबाट वरिष्ट उपाध्यक्षमा सोभियत परियार, उपाध्यक्षमा अनील थापा, सचिवमा शान्ता सुवेदी, सहसचिवमा भिषमाया नेपाली र कोषाध्यक्षमा निर्मला थापा चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा ऋषिमाया पहारी, गोमा पगेनी, विष्णु प्रसाद पहारी, पदमबहादुर ढकाल, जुना अधिकारी, शिलु पौडेल र रविन अधिकारी सर्वसम्मत चयन भएका छन् ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष नेत्र भण्डारीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले सामुदायिक सेवा केन्द्रले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रहेर अझै प्रभावकारी रुपमा काम गर्ने विश्वास गरिन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्याल कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलियाले स्थानीय समुदायसँगको सहकार्यबाट अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका रहने बताए । यसकालागि सामुदायिक सेवा केन्द्रले अझै प्रभावकारी रुपमा काम गर्ने विश्वास गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सांसद राजिब पहारी, सामुदायिक सेवा केन्द्र बैदामका संस्थापक अध्यक्ष मंगल नेपाली, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारा पहारी, महिला सञ्जाल ६ बैदाम अध्यक्ष वविता मल्ल लागयतले सामुदायिक सेवाले अझै प्रकावकारी रुपमा काम गर्नु पर्नेमा जोड दिएका थिए ।



Tags: