फुलबारी क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८८ युनिट संकलन

-


     क्लिक गण्डकी     
     माघ १६ गते २०८१ मा प्रकाशित


फुलबारी क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८८ युनिट संकलन

फुलबारी क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८८ युनिट संकलन

पोखरा, १६ माघ
पोखरा ११ स्थित फुलबारी क्लबले शहिद दिवसको अवसरमा खुल्ला रक्तदान कार्यव्रmमको आयोजना ग¥यो । कार्यव्रmम नेपाल रेडव्रmस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सुर्य प्रसाद ढकालले पहिलो रक्तदाता रामचन्द्र वास्तोलालाई ब्लडब्याग हस्तान्तरण गरि समुदघाटन गरे । रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरेका छन् ।

कार्यव्रmममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सुर्य प्रसाद ढकाल पोखरा ११ का वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्य लगायतले रक्तदानले मानिसलाई स्वच्छ बनाउनेमा जोडदिएका थिए ।

पूmलबारी पार्कमा क्लबका अध्यक्ष मनोज बास्तोलाको अध्यक्षतामा भएको कार्यव्रmम सचिव युवराज बास्तोला गान्धीले सञ्चालन र उपाध्यक्ष जनार्दन बास्तोलाले स्वागत गरेका थिए ।

सविना बास्तोला आचार्यको संयोजकत्वमा सम्पन्न कार्यव्रmममा क्लवले रक्तदानहरुलाई प्रमाण पत्रको साथै क्लवको लोगो अंकित टिर्सट मायाको चिनो स्वरुप प्रदान गरेको थियो । क्लबले विभिन्न समाजिक सेवाका कामहरु गर्दै आइरहेको छ ।