साईमन पार्टी प्यालेस पोखराबाट १५ लाख चोरी गर्ने २ जना पक्राउ

-


     क्लिक गण्डकी     
     माघ १४ गते २०८१ मा प्रकाशित


साईमन पार्टी प्यालेस पोखराबाट १५ लाख चोरी गर्ने २ जना पक्राउ

साईमन पार्टी प्यालेस पोखराबाट १५ लाख चोरी गर्ने २ जना पक्राउ

पोखरा, १४ मााघ/ पोखरा महानगरपालिका वडा नम्बर ८ सिर्जनाचोकमा रहेको साईमन पार्टी प्यालेसबाट करिब १५ लाख रुपैया चोरी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

माघ ११ गते साईमन पार्टि प्यालेसको कार्यालय कक्षमा रहेको काठको ऱ्याकमा राखेको नगद १४ लाख ७४ हजार चोरी भएको थियो ।

वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिई गएको प्रहरी टोलिले अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न रुपन्देही देवदह नगरपालीका वडा नम्बर १० घर भएका बर्ष २२ का ईश्वर श्रेष्ठ र स्याङ्जा भिरकोट नगरपालिका वडा नम्बर ३ घर भएकी बर्ष २९ कि पुजा श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको सहयोगमा पक्राउ गरेको हो ।

उनीहरुलाई बुटवल उपमहानगरपालिका वडा नम्बर ११ कालिका नगरको होटलबाट नगद १२ लाख ५२ हजार ८० रुपैया र ३ थान मोबाईल सहित पक्राउ गरी पोखरा ल्याएको हो ।

उनीहरुलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जानकारी दिएको छ ।



Tags: