
ज्ञानेन्द्र शाह
पोखरा, २५ माघ/ पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आउने भएका छन् । राजा ज्ञानेन्द्र माघ २७ गते पोखरा आउने कार्यक्रम छ । पूर्वराजालाई स्वागत गर्न बिहीबार पोखरामा प्रारम्भिक छलफल भएको छ ।
सो अवसरमा भव्य स्वागत कार्यक्रम आयोजना गर्न पश्चिमाञ्चल बासी नेपाली जनताले विभिन्न योजनाबारे छलफल गरेको बैठकमा सहभागीहरुले बताएका छन् ।
स्वागत कार्यक्रमलाई भव्य बनाउन आवश्यक तयारी थालिएको आयोजक पक्षले जानकारी दिएको छ । पोखरामा आउदा विभिन्न मठमन्दिरमा दर्शन गर्ने र पोखरामा करिब १ महिना बस्ने जानकारहरु बताउ छन् ।