पोखराको नुवारथोक टोलका ६० घर धुरीलाई कम्पोस्ट मलबिन बितरण

-


     क्लिक गण्डकी     
     माघ २२ गते २०८१ मा प्रकाशित


पोखराको नुवारथोक टोलका ६० घर धुरीलाई कम्पोस्ट मलबिन बितरण

पोखराको नुवारथोक टोलका ६० घर धुरीलाई कम्पोस्ट मलबिन बितरण

पोखरा, २२ माघ/ घरबाट निस्कने फोहोरलाई मोहोर मल बनाएर खेतीपातीमा राख्न प्रयोग गराउने उद्देश्यले पोखराको नुवारथोक टोलमा ६० घर धुरीलाई कम्पोस्ट मलबिन र डस्टबिन वितरण गरिएको छ । कोइका र युएनडिपीको आर्थिक सहायोथमा मंगलबार ६० थान बिन वितरण गरिएको हो ।

घरबाट निस्कने फोहोर छुट्टाएर मल बनाउने तालिम समेत दिएर कम्पोस्ट मलबिन वितरण गरिएको नुवारथोक टोल विकास संस्थाका अध्यक्ष दामोदर बरालले बताए । पोखरा महानगरपालिकाको आयोजना तथा ग्रीन वेस्ट म्यानेजमोन्टको सहजीकरण र नुवारथोक टोल विकास संस्थाको सहकार्यमा टोल विकास संस्थाका सदस्यहरुलाई बिन प्रदान गरिएको हो ।

ग्रीन वेस्टका म्यानेजमोन्टका प्रशिक्षक इञ्जिनियर बिनोद वास्तोला र अजय केसीले घरबाट निस्कने फोहोर वर्गीकरण गर्न सके नगदमा परिणत गर्न सकिने बताएका थिए ।

प्रशिक्षक दोयले कम्पोस्ट मल बनाउने तरिका र दिगो फोहोर व्यवस्थापनका बारेमा बिन लिने सहभागीलाई सिकाएका थिए । नकुहिने फलाम जन्य फोहोर, टीन, शिसालाई छुट्टै वर्गीकरण गरे्र राख्ने सके बिक्री गरेर नगद आर्जन गर्न सकिने पनि बताइएको थियो ।

बिन वितरण कार्यक्रममा पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्यले स्थानीय टोलबासीले पाएका बिनलाई सहीरुपमा उपयोग गर्नु पर्नेमा जोड दिए । घरबाट निस्केका कुहिने फोहोर एकठाउँमा संकलन गरेर कम्पोस्ट मल बिनमा राखेर खेती गर्दा प्रयोग गर्न मल बनाउन सकिने भएकोले त्यसै अनुसार उपायोग गर्नु पर्नेमा उनले जोड दिएका हुन् ।

नुवारथोक टोल विकास संस्थाका अध्यक्ष दामोदर बरालले टोललाई सफा राख्न कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्न जोड दिएका थिए । बिन वितरण कार्यक्रममा प्रत्येक घरधुरीलाई कुहिने र नकुहिने फोहोर छुट्याउन अनुरोध पनि गरिएको थियो ।