एशियाका १ सय वैज्ञानिकमा पोखरा एक सहित नेपालका पाँचजना छनोट

-


     क्लिक गण्डकी     
     असाेज ९ गते २०८२ मा प्रकाशित


राजु आचार्य

राजु आचार्य

पोखरा, ९ काठमाडौं/ एक सय एसियाली वैज्ञानिकको सूचीमा पोखराका एक सहित नेपालका पाँचजना छनोट भएका छन् ।

‘एसियाली साइन्टिष्ट म्यागजिन’ले प्रकाशन गरेको सूचीमा पोखराका फ्रेस अफ नेचरका राजु आचार्य, काठमाडौँ विश्वविद्यालयका फ्रेनशन प्रधान, इन्डिपेन्डेन्ट कन्जरभेसन बायोलोजिष्टका रिन्जिन फुनजोक लामा, राप्ती इञ्जिनियरिङ कलेजका डा. शैलेन्द्र गिरी र नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका टिष्टा प्रसाईं जोशी रहेका छन् ।

पोखराका आचार्य लाटोकोसेरो संरक्षण र त्यसको अध्ययनमा लागेका छन् । उनको संस्थाले पोखरा र विभिन्न ठाउँमा लाटोकोसेरो संरक्षणमा काम गर्दै आएको छ ।



Tags: