समाचार

ब्रिटिस क्याम्पमा जेपी क्रसको १०० वर्ष जन्मोत्सव

ब्रिटिस क्याम्पमा जेपी क्रसको १०० वर्ष जन्मोत्सव
पोखरा, ७ असार/ ब्रिटिसका नेपाली नागरिक लेफ्टनेन्ट कर्णल जे.पी. क्रसले शनिबारदेखि १ सय वर्ष पार गरेका छन् । उनले शताब्दी पार गरेका क्रसको जन्मोत्सव पोखरामा भव्य रुपमा मनाइएको छ । ब्रिगेड अफ गोर्खाको इतिहासमा सबैभन्दा प्रसिद्ध ब्रिटिश अधिकारीहरूमध्ये एक जेपी क्रसको जन्मोत्सव पोखरास्थित ब्रिटिश गोर्खाज नेपाल क्याम्पमा भव्य समारोह गरी मनाइएको हो । कार्यक्रमा बेलायती राजदूत रब फेन, भुतपूर्व ब्रिटिश गोर्खाहरू र सेवारत अधिकारी तथा कर्मचारीहरू उपस्थित रहेको थियो । ब्रिटिश गोर्खाज नेपालका कमाण्डर कर्णल ड्यान रेक्स एम भी ओले… पुरा पढौ

पोखराबाट नौ डाँडा तर्फ जादैँ इभि गाडी दुर्घटना

दुर्घटना
पोखरा, ७ असार/ पोखराबाट नौ डाँडा तर्फ जादैँ गरेका इभि गाडी पोखरा २५ हेम्जा फेदी दुर्घटना भएको छ । पोखराबाट नौडाँडा तर्फ जादैँ गरेको ग १ ज ८६९१ नम्बरको इभि गाडी चालकले नियन्त्रण गुमाई सडकको बायाँ साइडमा पल्टिना ६ जना घाइते भएका छन् । गाडीमा सवार चालक पोखरा १७ घारिपाटन बस्ने बर्ष ३४ को कुशल रत्न परियार घाइते भएका छन् । उनको टाउको, घाँटी, अनुहारमा र दायाँ हातमा चोट लागेको छ । अवस्था मध्यम रहेका उनको गण्डकी मेडिकल कलेजमा उपचार… पुरा पढौ

पोखरामा १ करोड ३० लाख बराबरका सुनका गहना सहित २ जना पक्राउ

पोखरामा १ करोड ३० लाख बराबरका सुनका गहना सहित २ जना पक्राउ
पोखरा ७ असार/ जिल्ला प्रहरी कार्यालय कास्कीले अबैध रुपमा सुनका गरगहना ओसारपसार गर्ने २ जनालाई पक्राउ गरेको छ । असार ६ गते पोखराबाट बुटवल तर्फ जादै गरेको माइक्रोबस पोखरा २२ पुम्दिभुम्दिमा खानतलसी गर्दा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत पंजाव घर भएका कुलदीप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका वडानम्बर १६ घर भएका रामबहादुर विक रहेका छन् । उनिहरुको साथबाट प्रहरीले ८२ तोला १६ लाख सुन र सनुका गरगहना वरामद गरेको छ । उक्त सुन असार ६ गतेको… पुरा पढौ

रामजी पौडेलको जान्छेउ र मायालु रेलमा सरर (भिडियो सहित)

रामजी पौडेल
पोखरा, ४ असार/ गायक तथा संगीतकार रामजी पौडेलले जान्छेउ र मायालु रेलमा सरर बजारमा ल्याएका छन् । ‘रामजी पौडेल’ युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा रामजी पौडेल, माया केसी, सावित्री शाही र डार्बिन लम्सालको स्वर रहेको छ । शब्द तथा संगीत पनि रामजीकै रहेको छ । एरेन्ज कृष्ण केसीको रहेको छ । म्युजिक भिडियोको निर्देशन हुम गुरुङ, सिनेमाटोग्राफर गणेश सापकोटा र सम्पादन सुभाष अम्गाईको रहेको छ । जान्छेउ र मायालु रेलमा सरर गीतमा लाहुरे र कक्षा १२ सकेर बसेकी युवतीको माया… पुरा पढौ

अब पठाओ झन् सस्तो, सेभर प्याक बिटा भर्सन सार्वजनिक, अफिस र क्याम्पस जानेलाई विशेष छुट

पोखरामा पठाओको सेवा बिस्तार
काठमाडौँ, ४ असार/ राइड सेयरिङ र फूड डेलिभरी सेवाप्रदायक पठाओ नेपालले नियमित राइड र फूड अर्डर गर्ने ग्राहकलाई लक्षित गरी ‘पठाओ सेभर प्याक’ बिटा भर्सन सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो विशेष छुटसहितको योजना क्याम्पस र अफिस जाने यात्रुलाई लक्षित गरिएको छ । पठाओ सेभर प्याकअन्तर्गत तीन प्याकेज उपलब्ध हुनेछन् । स्टुडेन्ट प्याक, अफिस प्याक र सुपर सेभर प्याक । स्टुडेन्ट प्याकको मूल्य २९९ रुपैयाँ राखिएको छ । यो प्याकेज खरिद गर्ने विद्यार्थीले २६ वटा बाइक राइडसम्म प्रत्येकमा ४५… पुरा पढौ

कास्की सहित तीन जिल्लामा भारी बर्षा, सतर्कक रहन अनुरोध

कास्की सहित तीन जिल्लामा भारी बर्षा, सतर्कक रहन अनुरोध
पोखरा, १ असार/ जल तथा मौसम विज्ञान विभागले असार १ गते साँझ ८ बजे पछि तीन जिल्लामा भारी वर्षा भएको बताएको छ । गण्डकी प्रदेशका स्याङ्गजा, पर्वत र कास्की जिल्ला स्थित क्रमशः पन्चमुल, पन्चासे र लुम्ले लगायत आसपासका बर्षामापन केन्द्रमा मध्यम देखि भारी बर्षामापन भएको जनाएको छ । त्यस क्षेत्र भई बहने स साना खोलाहरुमा आकस्मिक बहाव बढ्न सक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाई विभागले अनुरोध गरेको छ । पुरा पढौ

मोटरसाइकल दुर्घटना हुदाँ सहायक प्रहरी हवल्दारको मृत्यु, जवान घाइते

दुर्घटना
मोरङ , १ असार/ मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ । दुर्घटनामा प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको हो भने श्रीमती र छोरी घाइते भएका छन् । बेलबारी नगरपालिका–४ भई प्रहरी चौकी जमुना इलाममा कार्यरत थिए । पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । शनिबार बेलुका ८ बजे पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र १–०२–०४३प २४७१ नम्बरको मोटरसाइकलमा चौधरी श्रीमती र छोरीसहित घर फर्कने क्रममा दुर्घटना… पुरा पढौ

मदरल्याण्डका विद्यार्थीलाई न्यायिक प्रशिक्षण

पोखरा , जेठ ३० / पोखरा महानगरका न्यायिक समितिले नागरिक, श्रमिक, विद्यार्थीलाई न्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिले संवैधानिक व्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो । महानगर न्यायिक समितिले विभिन्न संघ, संस्थासँग मिलेर विगत दुई वर्षदेखि सञ्चालन गरेकोे  कार्यक्रमलाई यस वर्षपनि निरन्तरता दिदै कार्यक्रम गरिरहेको छ ।  यसैवीच ‘न्यायिक समितिसँग विद्यार्थी’ कार्यक्रम अन्र्तगत शुक्रबार महानगर न्यायिक समितिको सहयोगमा प्रेस क्लब… पुरा पढौ

पोखराको लेकसाइडको एक होटलबाट खसेर महिलाको मृत्यु

पोखरा, ३१ जेठ/ पोखरा घुम्न आएकी एक महिलाको मध्यरातमा होटलको छतबाट खसेर ज्यान गएको छ । पोखरा ६ लेकसाइड स्थित होटल रुद्राक्षको पाँचौं तलाबाट खसेर रुपन्देही, बुटवल उपमहानगरपालिका–१०, रानीवन निवासी ३२ वर्षीया सरीता भण्डारीको मृत्यु भएको हो । गएराती अन्दाजी १२ बजे पाँचौं तलाबाट खसेकी भण्डारीलाई तत्कालै गण्डकी मेडिकल कलेज पु¥याइएको भएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सरीता जेठ २९ गते श्रीमान् र दुई नाबालक छोरा सहित पोखरा घुम्न आएकी थिइन् ।… पुरा पढौ

तीनकुने घटनाः दुर्गा प्रसाईंसहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा

दुर्गा प्रसाईं
पोखरा, ३० जेठ/ अघिल्लो चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति अबेर आदेश जारी गर्दै दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउने ओदश गरेको हो । त्यस्तै, अन्य ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, प्रसाईंलाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश भएको हो । काठमाडौं… पुरा पढौ