समाचार

वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार
पोखरा, १ चैत/ पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने चौतारी संरक्षणमा जुटेका छन्। लामाचौर निवासी नेपाल सरकारका पुर्व सचिव एवं प्रशासनविज्ञ आचार्य र उहाँका छोरा राजेशले पोखरा १९ घार्मीस्थित ओमकारेश्वर महादेव मन्दिर परिसरमा वर , पिपल र समी सहितको चौतारी निर्माण गरिदिएका छन्। त्यहाँ पुग्ने भक्तजन र पर्यटकलाई सुविधा पुग्ने र धार्मिक कार्यका लागि महत्वपूर्ण मानिने वोट विरुवाको संरक्षण गर्ने उद्देश्यले चौतारी निर्माण गरिएको आचार्यले बताउनुभयो। नौं वर्ष अघिको सोच अहिले आएर… पुरा पढौ

मादक पदार्थ सेवन गरी सवारी चलाए १० हजार जरिवाना

सडक
पोखरा, २९ फागुन/ मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउनेलाई १० हजार जरिवाना गर्ने तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाएको सवारी तथा यातायात व्यवस्था ऐन, २०८१ को मस्यौदामा १० हजार जरिवाना गर्ने प्रस्ताव गरिएको हो । मस्यौदामा अर्थ मन्त्रालयले सहमति जनाइसकेको छ । अहिले मस्यौदा सहमतिका लागि कानुन मन्त्रालयमा पुगेको र कानुनले सहमति दिनेबित्तिकै मन्त्रिपरिषद् लैजाने तयारी भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मस्यौदामा सवारी नियम उल्लंघन गरी सवारीसाधन चलाउनेलाई गरिने जरिवाना बढाउने… पुरा पढौ

फोनिज गण्डकी अध्यक्षमा खिमा गुरुङ

फोनिज गण्डकी अध्यक्षमा खिमा गुरुङ
पोखरा, २८ फागुन/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा खिमाकुमारी गुरुङ (कास्की) निर्वाचित भएकी छिन् । पोखरामा बुधबार भएको तेस्रो प्रादेशिक महाधिवेशनले गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिमा उपाध्यक्ष (खुला) धनबहादुर गुरुङ (कास्की), उपाध्यक्ष (महिला) शिला गुरुङ (नवलपुर), महासचिव सुरज थापा (कास्की), सचिव (खुला) दिलप्रसाद गुरुङ (कास्की), सचिव (महिला) कला राना (स्याङ्जा) र कोषाध्यक्ष सुमन थापामगर (कास्की सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरूमा चेतबहादुर थापा ‘प्रविन’ (कास्की) यमबहादुर सोमै मगर (नवलपुर)… पुरा पढौ

पोखरा महानगर क्षेत्रको फोहोरपानी तथा ढल व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार

पोखरा महानगर क्षेत्रको फोहोरपानी तथा ढल व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार
पोखरा, २७ फागुन/ पोखरा महानगर क्षेत्रको फोहोरपानी तथा ढल व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार भएको छ । महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) , याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड, एन।जे।एस कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा उक्त गुरुयोजना तयार भएको हो । पोखरा महानगरपालिकाका चार वटा क्षेत्रहरूमा प्रशोधन केन्द्रहरू नै निर्माण गरी फोहोर पानी प्रशोधन मार्फत पुन प्रयोगका लागि योग्य बनाएर नदी तथा तालहरूमा छोडिने गुरुयोजनामा उल्लेख छ । महानगरको पश्चिम क्षेत्र, मुख्य सहरी भाग, हेमजा क्षेत्र र पूर्वी… पुरा पढौ

सराङकोटको कैलाशेश्वरमा आरती, केवलकारबाट जादाँ छुट

सराङकोटको कैलाशेश्वरमा आरती, केवलकारबाट जादाँ छुट
पोखरा, २७ फागुन/ सराङकोटस्थित कैलाशेश्वर महादेव प्रागंणमा प्रत्येक सोमबार आरती पूजा हुने भएको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले प्रत्येक सोमबार साँझ ५ बजेर ३० मिनेटदेखि आरती गर्ने निर्णय गरेको हो । त्यसमार्फत सराङकोट धामको थप प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । आरतीमा सहभागी हुन सुलभ मूल्यमा केवलकारमा आउजाउँ व्यवस्था समेत मिलाइएको छ । केवलकारसँग समन्वयमा केवलकारबाट यात्रा गर्दा प्रत्येक सोमबार दिउँसो ४ बजेपछि साँझसम्म २५० रुपैयाँ तोकिएको समिति अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए । पोखराको लेकसाइडबाट… पुरा पढौ

कास्कीमा ४.३ म्याग्निच्युडको भूकम्प

भूकम्प
पोखरा, २७ फागुन/ कास्कीको साइमाराङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार बिहान ४ बजेर ११ मिनेटमा भूकम्प गएको हो । ४.३ म्याग्निच्युड मापन भएको काठमाडौंको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का पोखरा, पर्वत, तनहु लगाएतका ठाउँमा महशुस भएको थियो । भूकम्पको धक्काले बिहानीको मस्त निद्रापरेकाहरु उठाएको छ । भूकम्प पछि कतिपय घरबाहिर निस्केका थिए । यसअघि यस क्षेत्रमा फागुन २४ गते बागलुङ केन्द्रविन्दु भएर ४.१ र फागुन २३ गते म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको… पुरा पढौ

पोखरा २६ सिलिङ्गेमा ४० फिट अग्लो शिवलिङ्ग बन्ने

पोखरा २६ सिलिङ्गेमा ४० फिट अग्लो शिवलिङ्ग बन्ने
पोखरा, २६ फागुन/ पोखरा महानगरपालिका वडा नं. २६ को सिलिङ्गेमा ४० फिट अग्लो शिव लिङ्गको निर्माण हुने भएको छ ।शिवलिङ्गको सोमबार एक कार्यक्रमका विच पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले शिलन्यास गर्नु भयो । शिलन्यास कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले जटा शंकर धार्मिक विकास समिति मार्फत नौ करोड रुपैयाको डिपिआर तयार गरी निर्माण कार्य अगाडी बढाईएको बताउनु भयो । अध्यक्ष थापाले नौ करोडको लागतमा सवै काम सम्पन्न भए सिलिङ्गे धार्मिक पर्यटनको एक व्यवस्थित नयाँ गन्तव्य बन्ने बताउनु… पुरा पढौ

नेपाल फोटो पत्रकार संघ कास्कीमा राम गुरुङ

नेपाल फोटो पत्रकार संघ कास्कीमा राम गुरुङ
पोखरा, २६ फागुन / नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा अध्यक्षमा राम गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको संघको नवौं अधिवेशनबाट अग्रज फोटो पत्रकार गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, कोषाध्यक्षमा युनिश गुरुङ र सदस्यहरुमा संजय शाक्य, गिरीधारी पोखरेल र प्रवेश पोखरेल निर्वाचित भएका हुन् । रिक्त रहेको सहसचिव र ३ सदस्यहरु कार्य समितिले पछि मनोनित गर्ने निर्वाचन समितिका संयोजक कृष्णमणि बरालले जानकारी दिए । अधिवेशनको नेपाल पत्रकार महासंघ,… पुरा पढौ

पत्रकार कृष्णमणि बराल ५० हजार राशीको पुरस्कारबाट सम्मानीत (को हुन् कृष्णमणि बराल)

पत्रकार कृष्णमणि बराल ५० हजार राशीको पुरस्कारबाट सम्मानीत को हुन् कृष्णमणि बराल
पोखरा, २५ फागुन/ पत्रकार कृष्णमणि बराल प्रेस क्लब गण्डकी पत्रकारिता पुरस्कारबाट सम्मानीत भएका छन् । उनलाई नगद ५० हजार रुपैया, दोसल्ला र प्रमाणपत्रले प्रेस क्लब पत्रकारिता पुरस्कारबाट सभामुख देवराज घिमिरेले सम्मान गरे । पत्रकारिताको माध्यमबाट पर्या पर्यटन, वातावरण र गिद्ध संरक्षणमा योगदान पु¥याएको भन्दै पत्रकार बराललाई संस्थाले सम्मान गरेको हो । कार्यक्रममा संघिय संसदका सभामुख देवराज घिमिरेले अभिव्यक्ति स्वतन्त्रता कुण्डित हुने गरी संघिय संसदले कुनै कानुन नबनाउने बताएका छन् । प्रेस क्लब गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पुरस्कार अर्पण समारोहमा… पुरा पढौ

पोखरा न्युरोडको उपहार फर्निचरमा आगोलागि

आगोलागि
पोखरा, २४ फागुन/ पोखराको न्युरोडमा रहेको उपहार फर्निचर उद्योगमा आगोलागि भएको छ । विहान करिब ३ बजेबाट लागेको आगो ३ घण्टा पछाडि नियन्त्रणमा आएको छ। प्रहरी, शसस्त्रप्रहरी, स्थानीले दमलकको साहेतामा आगोनियन्त्रणमा लिएको हो । आगोलागिबाट फर्निचरमा रहेका तयारी सामग्रीहरु र काठहरुमा जलर क्षती भएको छ । क्षतीको पुर्णविवरण आउन बाँकी छ । पुरा पढौ