समाचार

चेक अनादर (बाउन्स) मा प्रहरीलाई अधिकार (के के छन् नयाँ कानून)

कानुन
पोखरा, ५ जेठ/ सरकारले चेक अनादार सम्बन्धी नयाँ कानुनको व्यवस्था गरेका छ । नयाँ कानून अनुसार चेक अनादर (बाउन्स) कसुरसम्बन्धी मुद्दा जाहेरी दर्ता भएको ६ महिनाभित्र प्रहरीले अदालतमा लैजानु पर्ने व्यवस्था छ । चेक अनादर कसुरमा प्रहरीलाई अनुसन्धान गर्नेदेखि मुद्दा दायर गर्नेसम्मको अधिकार दिइएको छ । जसअनुसार प्रहरीले ६ महिनाभित्र अनुसन्धान सकेर अदालतमा मुद्दा चलाउनु पर्नेछ । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ मा संशोधन गरी चेक बाउन्सदेखि सजायसम्म नयाँ व्यवस्था गरिएको हो । नयाँ व्यवस्थाअनुसार चेक अनादर मुद्दामा बिगो… पुरा पढौ

राइड सेयरिङ नियमावलीः मुख्यमन्त्री पाण्डेले भने ‘यात्रु र राईडर्सको सुरक्षा र सुविधा ग्यारेन्टी गरेको छ’

राइड सेयरिङ नियमावलीः मुख्यमन्त्री पाण्डेले भने ‘यात्रु र राईडर्सको सुरक्षा र सुविधा ग्यारेन्टी गरेको छ’
पोखरा, ४ जेठ/ गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेपछि राइडर्स र सेल्फ ड्राईभ सञ्चालकहरुले सरकारलाई धन्यवाद दिएका छन् । आईतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर उनीहरुले नेपालमै पहिलो पटक गण्डकी प्रदेश सरकारले राईड सेयरिङ नियमावली जारी गरेर युवाहरुको रोजगारी र यात्रुको सस्तो, सहुलियत सुविधाको ग्यारेन्टी गरेको भन्दै धन्यवाद दिएका हुन् । ‘यहाँ प्रशस्त राइड सेयरिङ चलिरहेकै थियो, हजारौं व्यक्तिले यसबाट सेवा पाइरहेकै थिए, हामीले सेवा दिईरहेका थियौँ’ राइडर्स नेपाल पोखराका अध्यक्ष अनील श्रेष्ठले भने ‘यात्रुले सजिलो, छिटो,… पुरा पढौ

गजेन्द्र भण्डारी सिर्जनशील पुरस्कारबाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित

गजेन्द्र भण्डारी सिर्जनशील पुरस्कारबाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित
पोखरा, २ जेठ/ गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित भएका छन । यसपालि एकैचोटी वर्ष २०८१ का लागि पाठक र वर्ष २०८२ का लागि अधिकारीलाई सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ कास्कीले शुक्रबार स्वर्गीय भण्डारीका ७२ औँ जन्मजयन्ती पारेर पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरूलाई जनही २५ हजार र सम्मानपत्र प्रदान गरे । दुबै पत्रकार दुई दशकभन्दा बढी समयदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् । नेपाल खेलकुद पत्रकार… पुरा पढौ

हावाहुरीले रुख ढाल्दा च्यापेर २ जनाको मृत्यु, ३ घाइते

बुटवल, २ जेठ / हावाहुरीले रुख ढाल्दा च्यापिएर दुई जनाको मृत्यु भएको छ । पश्चिम नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु भएको हो । रुखले च्यापेर सुनवल ७ निवासी ३० वर्षिया मिरा बयम्बु र ४० वर्षिय दुर्गाबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए । हावाहुरी सहित आएको पानीबाट जोगिन उनीहरू प्रतिक्षालयमा ओत लागेका थिए । प्रतिक्षालयमाथि नै रुख ढलेपछि मानवीय क्षती भएको प्रत्यक्षदर्शीले बताएका छन् । रुखले च्यापेर तीन जना घाइते भएका छन् । घाइते… पुरा पढौ

पोखरामा १२ घरमा सुनका गरगहना चोरी गर्ने गिरोहका ५ जना पक्राउ

पोखरामा १२ घरमा सुनका गरगहना चोरी गर्ने गिरोहका ५ जना पक्राउ
पोखरा २, जेठ / जिल्ला प्रहरी कार्यालय कास्कीले चोरीमा संलग्न ५ जनालाई पक्राउ पछि सार्वजनिक गरेको छ । शुक्रबार कार्यालय परिषर्मा पत्रकार सम्मेलन गरेर प्रहरीले उनिहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिकाका कट्टप्पा भन्ने सुवास विक, विमल विक र गणेश सुनार, स्याङ्जा पुतलीबजार नगरपालिका घर भएका सुरेश विक र दुर्गाबहादुर थापा छन् । पोखरा महानगरपालिका वाडानम्बर २६, ३०, ३१ र ३२ वडा र तनहुँका विभिन्न स्थानमा घरको तालाफोडी चोरी गरेका घटनामा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय… पुरा पढौ

पोखरा महानगरपालिकाको बेरुजू सबैभन्दा बढी

पोखरा महानगरपालिका
पोखरा, २ जेठ/ कास्कीका ५ पालिकामध्ये पोखरा महानगरपालिकाको बेरुजू सबैभन्दा बढी देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदनअनुसार पोखरा देशका ६ महानगरमध्ये पनि सबैभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको प्रतिवेदनअनुसार पोखराको १३ अर्ब ४६ करोड ७२ लाख ६० हजार लेखापरीक्षण भएकोमा ५० करोड ४३ लाख ९ हजार बेरुजु रहेको पाइएको छ । यो ३ दशमलव ७४ प्रतिशत बेरुजु हो । पोखरापछि मादी गाउँपालिकाको… पुरा पढौ

पोखराको लामेआहालमा पोखरा आउदै गरेका माइक्रोबस दुर्घटना, ३ जनाको मृत्यु

पोखराको लामेआहालमा पोखरा आउदै गरेका माइक्रोबस दुर्घटना, ३ जनाको मृत्यु
पोखरा, ३१ बैशाख/ पोखरा–३२, लामेआहालमा काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग सडक खण्डमा भएको दुर्घटनामा मृतकको सनाखत भएको छैन । दुर्घटनामा चालक सहित ८ जना घाइते भएका छन् । घाइते ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएकामा ३ जनाको निधन भएको हो । बाँकी ७ घाइतेको पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको छ । https://www.youtube.com/watch?v=dNs8J9LhQCU&t=3s&ab_channel=GandakiNews पुरा पढौ

पोखराको पुम्दिभुम्दिमा बस दुर्घटना, २८ जना घाइते, २ जनाको अवस्था गम्भीर

पोखराको पुम्दिभुम्दिमा बस दुर्घटना, २८ जना घाइते, २ जनाको अवस्था गम्भीर
पोखरा, ३१ बैशाख/ पोखरा २२ शान्तिस्तुप नजिकै दुर्घटना हुदाँ २८ जना घाइते भएका छन् जनमा २ जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा परेको बसमा २८ जना भारतीय पर्यटन थिए । तीमध्ये एक जना चरक अस्पताल र बाँकी गण्डकी मेडिकल कलेज ल्याइएको थियो । छत्तिसगढबाट आएका पर्यटकहरू पोखरा भ्रमणका लागि आएका थिए र दुर्घटना घुम्तीमा गतिको कारण भएको प्रहरीको अनुमान छ । दुर्घटनामा ६५ रेखा साहु र ६१ कोमलराम साहु गम्भीर रहेको, बाँकीको अवस्था सामान्य रहेकाले होटलमै पठाएको कास्कीका प्रहरी… पुरा पढौ

पोखरामा यौन व्यवसायमा लगाएको आरोपमा ३ जना पक्राउ

पोखरामा यौन व्यवसायमा लगाएको आरोपमा ३ जना पक्राउ
पोखरा, ३० बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर ८ सृजनाचोक स्थित मनिका रेष्टुरेण्टमा अबैध रुपमा यौनजन्य क्रियाकलापहरु भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा हानी ५ जनाको उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले होटलबाट ५ जना महिलाहरुलाई उद्धार गरी सेफ हाउसमा पठाएको र उक्त होटल संचालक सहित ३ जना व्यक्तिहरुलाई पक्राउ गरी गरेको जनाएको छ । पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट मनव वेचविखन तथा ओसार पसार सम्बन्धी कसूरमा ६ दिन म्याद थप गरी अनुसन्धान प्रकृया… पुरा पढौ

पोखराका देवेन्द्र बास्तोलाको दुर्घटनामा निधन

पोखराका देवेन्द्र बास्तोलाको दुर्घटनामा निधन
पोखरा, २७ बैशाख/ नेपाल पत्रकार महासंघ कास्कीका पूर्व सदस्य एवं युवा नेता देवेन्द्र बास्तोलाको दुर्घटना परि निधन भएको छ । शनिबार लेखनाथ तालवेंसीमा मोटरसाइकल दुर्घटना हुँदा निधन भएको आफन्तले जानकारी दिएका छन् । उनी ४६ वर्षका थिए ।उनी अघिल्लो स्थानीय तह निर्वाचनमा पोखरा–११ मा एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार समेत थिए । पोखरा न्यूरोडको पिपल्स बचत तथा ऋण सहकारी संस्थाका सचिव थिए । लामो समय मणिपाल शिक्षण अस्पतालमा समेत कार्य गरेका उनी विभिन्न सामाजिक संघसंस्थामा पनि आबद्ध थिए । उनका… पुरा पढौ