
कार दुर्घटना हुदाँ डा. बिपल्ब भट्टको मृत्यु
पोखरा, १४ भदौ/ चितवनको भरतपुरमा भएको सवारी दुर्घटनामा एक चिकित्सकको मृुत्यु भएको छ।
भरतपुर महानगरपालिका–१० बिशालचोकमा रमाइलो चोकतर्फबाट आउँदै गरेको बा १५ च ४६९३ नम्बरको कार दुर्घटनामा परेको हो ।
गएराती करिब १ः३० बजे कार अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोुक्किँदा कारमा सवार भरतपुर–२ आँपटारीका डा विपल्व भट्टको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
गम्भीर घाइते भएका उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज पुर्याइएकोमा उनको राति २ नै मृत्यु भएको प्रहरीले जनाएको छ ।





