समाचार

पोखरामा बसमा सुनको सिक्री चोरी गर्ने दुई जना काठमाडौंबाट पक्राउ

पोखरामा बसमा सुनको सिक्री चोरी गर्ने दुई जना काठमाडौंबाट पक्राउ
पोखरा, २६ असार/ पोखरामा बसमा सुनको सिक्री चोरी गर्ने दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । २०८१ चैत २९ गते अम्मरसिंह चोकबाट लेखनाथ तर्फ जाँदै गरेको बसमा सवार एक जना महिलाले घाँटिमा लगाएको २ तोलाको सुनको सिक्री चोरी भएको थियो । पोखरा महानगरपालिका वडा नम्बर १० शिवचोक स्थितमा पुग्दा सोही बसमा सवार २ जना व्यक्तिहरुले सिक्री चोरी फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी परिचालन भई अनुसन्धान गर्दै जाँदा घटनामा… पुरा पढौ

रसुवामा उद्धार गर्दा ज्यान गुमाएका प्रहरी लाल बहादुर श्रेष्ठको अन्त्यष्टी

रसुवामा उद्धार गर्दा ज्यान गुमाएका प्रहरी लाल बहादुर श्रेष्ठको अन्त्यष्टी
पोखरा, २५ असार/ रसुवा गोसाइकुण्ड गाउँ पालिका २ स्थित रसुवागढी, ल्हेन्दे खोलामा आएको बाढीमा उद्धार गर्ने क्रममा ज्यान गुमाएका प्रहरी अन्त्यष्टी गरेको छ । असार २४ गते उद्धारका क्रममा ज्यान गुमाएका प्रहरी सहायक निरिक्षक लाल बहादुर श्रेष्ठको अन्त्यष्टी गरेको हो । रसुवा जिल्लामा बाढीमा परेर अहिले सम्म १९ जना सम्पर्क विहिन छन् भने ९ जनाको शव फेला परेको छ । सम्पर्क विहिन हुनेमा २ जना प्रहरी कर्मचारी, ६ जना चाईनिज नागरिक र ११ जना सर्वसाधारण रहेका छन् । पुरा पढौ

कास्कीका ४ वटा पर्यटकीय ग्रामिण रुटमा साँझ यातायात सञ्चालनमा रोक

कास्कीका ४ वटा पर्यटकीय ग्रामिण रुटमा साँझ यातायात सञ्चालनमा रोक
पोखरा, २५ असार/ जिल्ला प्रशासन कार्यालय कास्की कास्कीका चार वटा ग्रामिण रुटमा साँझ यातायात सञ्चालनमा रोक लगाएको छ । असार २३ गते प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले कास्की चार वटा पर्यटकीय ग्रामिण रुटमा यातायात सञ्चालनमा रोक लगाएको हो । असार २५ गते देखी १५ दिनका लागि रोक लगाएको हो । प्रशासनले विरेठाँटी देखि घान्द्रुक, विरेठाँटी देखि उल्लेरी, लुम्ले देखि लान्द्रुक जाने सवारी साधनहरु साँझ ५ बजेभित्र प्रस्थान विन्दुबाट गन्तव्य स्थलको लागि छुटिसक्नुपर्ने निर्णय गरेको कास्की साहेक सिडियो… पुरा पढौ

१ करोड ४४ लाख रकम सहित चिनियाँ नागरिक पक्राउ

१ करोड ४४ लाख रकम सहित चिनियाँ नागरिक पक्राउ
पोखरा, २४ असार / स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँ सहित चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ६ बौद्ध नयाँबस्ती स्थित एक घरबाट ४० वर्षीय चिनियाँ नागरिक वाङ जियन रहेका छन् । काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँबस्ती स्थित एक घरमा भाडा लिएर बसेका वाङको कोठाबाट रकम सहित पक्राउ गरेको हो । उनको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

रसुवागढीमा आएको बाढीले १६ जना बेपत्ता, ९ जनाको उद्धार, पक्की पुल बगायो

रसुवागढीमा आएको बाढीले १६ जना बेपत्ता, ९ जनाको उद्धार, पक्की पुल बगायो
पोखरा, २४ असार / चीनसँगको व्यापारिक नाका रसुवागढीमा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका छन् । चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशी खोलामा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका हुन् ।  बेपत्ता हुनेमा तीन जना नेपाल प्रहरी, तीन जना सवारी चालक, ६ जना नेपाली कामदार, सवारी चालक, ४ जना चिनियाँ कामदार रहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीले जानकारी दिए । रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको उद्धार भएको छ ।  चीन र रसुवागढी जोड्ने पक्की पुल… पुरा पढौ

पोखराका दुई ठाउँबाट १७ जना जुवातास खेल्ने ४ लाख सहित पक्राउ

जुवा तास
पोखरा, २३ असार / कास्की प्रहरीले पोखराका दुई ठाउँबाट जुवातास खेल्दै गरेका आरोपमा २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट ४ लाख १३ हजार बरामद गरेको छ । जुवातास खेल्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर १० रक्षामार्ग स्थितबाट जुवातास खेलिरहेका ९ जना पक्राउ गरेको हो । उनीहरुलाई नगद २ लाख २२ हजार ८० र ४ बुक तास सहित पक्राउ गरिएको हो ।  त्यसैगरी जिल्ला प्रहरी कार्यालय कास्की… पुरा पढौ

पोखरा–१२ को सार्वजनिक सुनुवाइः विकासमा प्रशंसा, सेवा प्रवाहमा गुनासा

पोखरा–१२ को सार्वजनिक सुनुवाइः विकासमा प्रशंसा, सेवा प्रवाहमा गुनासा
पोखरा २२ असार / पोखरा महानगरपालिका वडा नम्बर १२ ले चालू आर्थिक वर्ष २०८१।०८२ को सार्वजनिक सुनुवाइ गरेको छ । वडा कार्यालयले प्रदान गर्ने सेवा प्रवाह र विकास निर्माणका विषयमा जानकारी दिने र सेवाग्राहीबाट सुझाव लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा वडाभित्र भएका विकास निर्माणका कामको सबैले प्रशंसा गरेका छन् ।  तर सेवा प्रवाहका विषयमा भने केही गुनासो नागरिकहरुले गरेका छन् । उनीहरुले शिक्षा, स्वास्थ्य, पूर्वाधार, युवा परिचालन र सामाजिक विकृति नियन्त्रणजस्ता विषयमा प्रश्न उठाएका थिए । शितलादेवी युवा… पुरा पढौ

गण्डकी टोस्टमास्टर्स क्लबको अध्यक्षमा आदित्यदेव प्रजु चयन

गण्डकी टोस्टमास्टर्स क्लबको अध्यक्षमा आदित्यदेव प्रजु चयन
पोखरा, २१ असार / गण्डकी टोस्टमास्टर्स क्लबको अध्यक्षमा आदित्य देव प्रजु सर्वसम्मत चयन भएका छन् । पोखरामा सम्पन्न सातौ वार्षिक अधिवेशनले प्रजुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यष शिक्षामा संझना पराजुली, उपाध्यक्ष सदस्यमा सुप्रिति श्रेष्ठ, उपाध्यक्ष रजनी बराल, सचिबमा विष्णुप्रसाद तिमिल्सिना, कोषाध्यक्षमा अनमोल बज्रचार्य र सर्जन आर्मसमा डा. मुकेश मल्लीक चयन भए । क्लबका सस्थापक अध्यक्ष तथा निर्वाचन समितिका संयोजक प्रकाशदेव पालिखेले सस्था स्थापना गर्दा र सस्थाले गर्नु पर्ने कामका बारेमा जानकारी दिए । उनले सस्थाले व्यक्तिको नेतृत्व… पुरा पढौ

पृथ्वीचोक बसपार्कका लागि छुट्टाइएको पूरै जग्गामा बसपार्क बनाउँछौँ : महानगर प्रमुख आचार्य

पृथ्वीचोक बसपार्कका लागि छुट्टाइएको पूरै जग्गामा बसपार्क बनाउँछौँ : महानगर प्रमुख आचार्य
पोखरा, २१ असार / पोखराको पृथ्वीचोकमा सुविधासम्पन्न बसपार्क निर्माणको योजना पाँच दशक अघिको हो ।  बसपार्कका लागि जमिन अधिग्रहण गरिएको लामो समय व्यतित हुँदासम्म बसपार्क बन्न सकेको छैन । बसपार्कका लागि अधिग्रहण गरिएको जमिन समेत खुम्चिदै गएको छ । सुविधासम्पन्न बसपार्क कहिले बन्छ भनेर पोखरेलीले महानगरसँग सँधै प्रश्न गर्ने गरेका छन्। पोखरा महानगर प्रमुख धनराज आचार्यले बसपार्कका लागि अधिग्रहण गरिएको पूरै क्षेत्रमा बसपार्क बनाउने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले बसपार्कको १ सय ४८ रोपनी क्षेत्रफलमै बसपार्क बनाउने महानगरको योजना सुनाउनुभयो ।… पुरा पढौ

फेवातालको साविककै नापी नक्शा अनुरुप सिमांकन गर्न माग गर्दै प्रशासनमा निबेदन 

फेवातालको साविककै नापी नक्शा अनुरुप सिमांकन गर्न माग गर्दै प्रशासनमा निबेदन
पोखरा, २० असार / फेवाताल मापदण्ड पीडितहरुले फेवातालको साविककै नापी नक्शा अनुरुप सिमांकन गर्न माग गर्दै प्रशासनमा निबेदन दिएका छन् । कास्कीकी प्रमुख जिल्ला अधिकारी रुर्दा शर्मा मार्फत नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकालाई बोधार्थ पठाएका छन् ।  पीडितका तर्फबाट फेवातला मापदण्ड सरोकार समितिका अध्यक्ष नविन बराल, स्थानीय गणेश भट्टराई सहितको टोली निबेदन दिदै फेवातालको साविककै नापी नक्शा अनुरुप सिमांकन गर्न माग गरे । करिब ३ सय जनाले निबेदनमा हस्ताक्ष गरेका छन् ।  नेपाल सरकारको जग्गा नापजाँच ऐन २०२१… पुरा पढौ