पोखराको गण्डकी बोर्डिङ स्कुलका करिब ३ सय विद्यार्थी एकाएक बिरामी

-


     क्लिक गण्डकी     
     भाद्र ६ गते २०८२ मा प्रकाशित


पोखराको गण्डकी बोर्डिङका प्रधानाध्यापक सहित ८ जनालाई वन मुद्दा

गण्डकी बोर्डिङ

पोखरा, ६ भदौ/ पोखराको लामाचौरमा रहेको गण्डकी बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरू एकाएक बिरामी भएका छन् । विद्यालयमा आवासीय रुपमा बस्ने मध्ये करिब ३ सय विद्यार्थीहरु विरामी भएको विद्यालयले जनाएको छ ।

विद्यालयमा बिहिबार बिहान, दिउँसो र बेलुका खाना र खाजा खाएका विद्यार्थीहरू बेलुका देखि बिरामी हुनु थालेका हुन् ।
विद्यार्थीहरुमा पेट दुख्ने, टाउको दुख्ने, वाकवाकी हुने, चक्कर आउने लगायतको समस्या देखीएको छ ।

विद्यालय प्रशासनले विद्यार्थीमा देखीएको यस्तो समस्या के कारण भयो भन्ने पक्ता लगाउन सकेको छैन । खानामा समस्या हुदाँ विद्यार्थीहरुमा फुड प्वाइजनिङ भएको हुन सक्ने बताए ।

विद्यालयका केही विद्यार्थीहरुमा पेट दुख्ने कोहीलाई झाडा पखला लाग्ने लगायतको समस्या उत्पन्न भएको विद्यालयले जनाएको छ ।

विद्यार्थीहरूले खाजा तथा खाना खाइसकेपछि बेलुकाबाट शुत्रबार सम्म करिब १ सय ५० जना भन्दा बढी बिरामी भएको विद्यालयका निमित्त प्राचार्य कृष्णबहादुर थापाले बताए ।

बिरामी भएका केही विद्यार्थीलाई आफन्तलाई बोलाएर घर पठाइएको छ भने केहीलाई विद्यालयको हेल्थ सेन्टरमा राखिएको छ । के कारणले गर्दा विद्यार्थीहरु बिरामी भएका हुन् भन्ने बारे छानबिन गर्ने उनले बताए ।