समाचार

पत्रकार कृष्णमणि बराल ५० हजार राशीको पुरस्कारबाट सम्मानीत (को हुन् कृष्णमणि बराल)

पत्रकार कृष्णमणि बराल ५० हजार राशीको पुरस्कारबाट सम्मानीत को हुन् कृष्णमणि बराल
पोखरा, २५ फागुन/ पत्रकार कृष्णमणि बराल प्रेस क्लब गण्डकी पत्रकारिता पुरस्कारबाट सम्मानीत भएका छन् । उनलाई नगद ५० हजार रुपैया, दोसल्ला र प्रमाणपत्रले प्रेस क्लब पत्रकारिता पुरस्कारबाट सभामुख देवराज घिमिरेले सम्मान गरे । पत्रकारिताको माध्यमबाट पर्या पर्यटन, वातावरण र गिद्ध संरक्षणमा योगदान पु¥याएको भन्दै पत्रकार बराललाई संस्थाले सम्मान गरेको हो । कार्यक्रममा संघिय संसदका सभामुख देवराज घिमिरेले अभिव्यक्ति स्वतन्त्रता कुण्डित हुने गरी संघिय संसदले कुनै कानुन नबनाउने बताएका छन् । प्रेस क्लब गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पुरस्कार अर्पण समारोहमा… पुरा पढौ

पोखरा न्युरोडको उपहार फर्निचरमा आगोलागि

आगोलागि
पोखरा, २४ फागुन/ पोखराको न्युरोडमा रहेको उपहार फर्निचर उद्योगमा आगोलागि भएको छ । विहान करिब ३ बजेबाट लागेको आगो ३ घण्टा पछाडि नियन्त्रणमा आएको छ। प्रहरी, शसस्त्रप्रहरी, स्थानीले दमलकको साहेतामा आगोनियन्त्रणमा लिएको हो । आगोलागिबाट फर्निचरमा रहेका तयारी सामग्रीहरु र काठहरुमा जलर क्षती भएको छ । क्षतीको पुर्णविवरण आउन बाँकी छ । पुरा पढौ

पोखरामा कोटीहोमको भूमिपुजन रोक्न खोज्दा झडप, केही घाइते

पोखरा, २३ फागुन/ पोखरामा मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि लेकसाइडमा भूमिपुजन गर्न थालेपछि भएको विवादका क्रममा दुई पक्षीय झडप भएको छ । शुक्रबार महानगरले अनुमति नलिइ भूमि पुजन गर्न नदिने अडान लिएसँगै भएको विवाद झडपमा परिणत भएको हो । पोखरा महानगरको अनुमति नलिइ सुरु भएको भूमिपुजन रोक्न कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको थियो । सोही क्रममा भएको विवादमा दुबै पक्षका केही घाइते भएका छन् । फाउन्डेसनले बाराहीघाटमा कोटीहोम आयोजना गर्न लागेको छ । फाउन्डेसनका संस्थापक विजय भण्डारी जुनसुकै हालतमा… पुरा पढौ

पोखरा ८ मा जडान गरिएको सिसिटीभी क्यामेरा प्रहरीलाई हस्तान्तरण

पोखरा ८ मा जडान गरिएको सिसिटीभी क्यामेरा प्रहरीलाई हस्तान्तरण
पोखरा, २३ फागुन/ पोखरा महानगरपालिका वडा नं ८ भित्र विभिन्न स्थानमा जडान गरिएको सिसिटीभी क्यामेरा वडा प्रहरी कार्यालय मातहतको सिर्जनाचोक प्रहरी बिटलाई हस्तान्तरण गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबावु ओलियाले नयाँ जडान गरिएको सिसिटीभी क्यामेराको शुभारम्भ गरेका हुन । सो अवसरमा वोल्दै प्रहरी उपरीक्षक श्याम बावु ओलियाले पर्यटकीय राजधानी पोखरामा सम्पूर्ण ठाँउमा सिसिटिभी जडान गर्न सके अपराध न्युनिकरण हुने बताए । जतिपनि अपराध शहरभित्र हुने भएकाले सिसिटिभी जडान गरेको खण्डमा अपराध कम हुने… पुरा पढौ

पूर्वराजा ज्ञानेन्द्र शाहले पोखरामा राजा वीरेन्द्रको शालिक अनावरण गरे

पूर्वराजा ज्ञानेन्द्र शाहले पोखरामा राजा वीरेन्द्रको शालिक अनावरण गर्दै तस्बिरः युनिस गुरुङ
पोखरा, २२ फागुन/ पूर्वराजा ज्ञानेन्द्र शाहले पोखरा महानगरपालिका वडा नम्बर १० वीरेन्द्रचोकस्थित स्वगिय राजा वीरेन्द्र शाहको शालिक अनावरण गरेका छन् । २०८० पुस ९ गते पुनःनिर्माण गरिएको वीरेन्द्रको शालिक पूर्व राजाले ज्ञानेन्द्रले अनावरण गरेका हुन् । शालिक अनावरणका लागि पूर्वराजा वीरेन्द्र चोक जाने क्रममा राजावादी, समर्थक र सुबेच्छुकहरुले राजतन्त्रको पक्षमा नारावाजी गरेका थिए । करिब ५ सय मिटर शाहले पैदलयात्रा गरेर शालिक अनावरण गरे । उनलाई राजवादीहरुले बाजाँ गाजाँ सहित स्वागत गरेका थिए । सडकमा लामबद्ध समर्थकहरुले हिन्दु राज्य र… पुरा पढौ

अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडाउन अनुमती अनिवार्य, सिम्रिक एयरले लियो अनुमती

अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडाउन अनुमती अनिवार्य, सिम्रिक एयरले लियो अनुमती
पोखरा, २२ फागुन/ विश्वको चर्चित अन्नपूर्ण बेसक्याम्पमा स्वदेशी होस् या विदेशी पर्यटक पुग्ने इच्छा हुन्छ । पर्यटक सबै जना हिडेरै त्यहा पुग्न सक्दैन । त्यस्तै पर्यटकलाई मध्येनजर गरेर पोखराबाट हेलिकप्टरमा पनि जाने व्यवस्था छ । अहिले सम्म त्यसरी उडान गर्दा अन्नपूर्ण गाउँपालिकाले केही पाएको छैन तर अब भने हेलिकोप्टर ल्याण्ड गर्दा शुल्क बुझाउ सिम्रिक एयर सहमत भएको छ । कास्कीको अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर ल्याण्ड गर्दा कम्पनीले १० हजार रुपैयाँ शुल्क तिर्ने छ । सिम्रिक एयरले शुल्क तिरेरै उडान गर्ने गरी… पुरा पढौ

सराङकोट महायज्ञमा करिब ३ करोड संकलन

सराङकोट महायज्ञमा भक्तजनको घुइचो, एकैदिन ४० लाख संकलन
पोखरा, २१ फागुन/ सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवमा करिब तीन करोड दान संकलन भएको छ । महायज्ञमा कुल २ करोड ८८ लाख बढी दान संकलन भएको प्रचारप्रसार उपसमिति संयोजक कृष्ण थापाले जानकारी दिनुभयो। यसअघि मंगलबारसम्म २ करोड ८ लाख दान संकलन भएकोमा आज बुधबार मात्रै ८० लाख बढी दान थपिएको हो। योसँगै सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले यज्ञ मार्फत संकलनको लक्ष्य राखेको ३ करोड करिव पुरा भएको छ। महायज्ञको नियमित कार्यक्रमका अतिरिक्त पोखरा महानगरपालिका प्रमुख… पुरा पढौ

सराङकोट महायज्ञमा भक्तजनको घुइचो, एकैदिन ४० लाख संकलन

सराङकोट महायज्ञमा भक्तजनको घुइचो, एकैदिन ४० लाख संकलन
पोखरा, २० फागुन/ सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव अन्त्यतिर आइरहदाँ भक्तजनको सहभागिता एवम् दान रकम हवातै बढेको छ । महायज्ञको छैटौं दिन आज सोमबार करिव २० हजार भक्तजनले यज्ञ अवलोकन गर्नुभएको छ । त्यहाँ आजमात्रै ४० लाख बढी दान संकलन भएको महायज्ञका कोषाध्यक्ष शिव कोइरालाले जानकारी दिनुभयो ।योसँगै हालसम्म यज्ञमा रु.१ करोड ५३ लाख बढी दान संकलन भएको छ । त्यहाँ सय बढी आमा समूह, टोल विकास संस्था तथा अन्य संघसंस्थाले सहयोग गर्नुभएको छ । पोखराका विभिन्न… पुरा पढौ

‘पोखरामा एक वर्षभित्र जलन उपचार अस्पताल बनाउँछौं’-प्रमुख आचार्य

प्रमुख धनराज आचार्य
पोखरा, १८ फागुन/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा एक वर्षभित्रै सुविधासम्पन्न जलन युनिट वा अस्पताल बनाउने प्रतिबद्धता जनाएका छन् । एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘अग्नि जलनमा मलम’ सत्रमा पत्रकार टीकाराम यात्रीसँगको संवादमा मेयर आचार्यले अन्तर्राष्ट्रिय विमानस्थल भएको सहर भएकाले त्यो बनाउनैपर्ने बताए । ‘पोखरामा अब एक वर्षभित्र सुविधासम्पन्न जलनको यूनिट बन्छ भनेर पीडककै अवस्थामा मैले डाक्टर सा’बलाई भनेको छु,’ उनले भने, ‘क्यान, नेपाल सरकारले पनि साथ दिनुपर्छ । कम्तीमा तीन वटा विमानस्थल भएको ठाउँमा यो अन्तर्राष्ट्रिय प्रोटोकलमा पनि… पुरा पढौ

पोखरामा खुल्यो अर्को संग्रहालय

पोखरामा खुल्यो अर्को संग्रहालय
पोखरा, १७ फागुन/ पोखरामा अर्को संग्रहालय खुलेको छ । पोखरा महानगर पालिका २३ तामागीमा तामागी संग्रहालयको उद्घाटन भएको छ । गुठीका सस्थापक अध्यक्ष हेमबहादुर गुरुङले संग्रहालय निमार्णका लागि करिब ३ करोड खर्च भइसकेको बताए । उनका अनुसार पोखरा पर्यटनको राजधानी र पोखरा भ्रमर्ण बर्षलाई साथ र समर्थन गर्न यो संग्रहालय सहयोगी हुने बताए । संग्रहालयमा गुरुङ संस्कृतिका सामग्री सहित अन्य सामग्री छन् । पुरा पढौ