समाचार

सुलभ नयाँ वर्ष बम्पर उपहार समिता मल्ललाई

सुलभ नयाँ वर्ष बम्पर उपहार समिता मल्ललाई
पोखरा, ४ साउन/ पोखरा ६ जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले नयाँ वर्षको अवसरमा ग्राकहरुलाई लक्षित गरी ल्याएको उपहार योजना लक्की ड्र मार्फत सार्वजनीक गरेको छ । सुलभ उपभोक्ता सहकारी संस्थाद्वारा सञ्चालित स्टोर्सको लक्की ड्र बाट प्रथम पुरस्कार स्कुटर समिता मल्लले जितेकी छन् । उनले स्याङजामा रहेको डोको मार्टका लागि सामाग्री खरिद गर्ने गरेको बताइन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले लक्की ड्र तान्दा ३१७८२ नम्बरको मल्लको नम्बर तान्दै प्रथम पुरस्कार विजेता घोषणा गरे । द्वितीय पुरस्कार एलजिको वासिङ… पुरा पढौ

पोखरामा बाढी पहिलो ठाउँ ठाउँमा क्षेती, एक घर पहिरोमा एक बाढीमा

पोखरामा बाढी पहिलो ठाउँ ठाउँमा क्षेती, एक घर पहिरोमा एक बाढीमा
पोखरा, ४ साउन/ पोखरामा अविरल वर्षाका कारण खोलाको बहाव बढेर पर्खाल भत्किँदा पोखरामा घरमै बाढी पसेको छ । शनिबार रातिदेखि परेको पानीले पोखरा महानगरपालिका–१३ स्थित काहुँखोलाको बहाव बढ्दा काहुँखोला बजार, शुभकामना टोल, ढल्के पुल आसपासका घरमा लेदोसहितको बाढी पसेको हो । एउटा घर खोलाले कटान गरेको छ । ढल्के पुलकी स्थानीय ५१ वर्षीय दीपा लामाको दुई कोठाको एक तले कच्ची घर खोलाले कटान गरेर क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । पोखरा १६,… पुरा पढौ

पोखराको काहुँ खोलामा बाधँ फुट्यो, दुई घर जोखिममा, बस्तीमा बाढी

वर्षाका कारण पोखराको काहुँ खोलामा बाधँ फुट्यो, दुई घर जोखीमा, बस्तीमा बाढी
पोखरा, ४ साउन/ अविरल वर्षाका कारण पोखरा १३ काहुखोला बाधँ फुट्दा क्षेती भएको छ । काहुँ खोलाको बाधँ फुट्दा पोखरा १३ काहुखोलाको ढल्केपुल वरिपरि क्षेत्रका घर टहरा क्षेती पुगेको हो । दुई घर जोखिममा परेका छन् । पोखरा १३ वडा अध्यक्ष किरण बरालले बाधँ फुटेपछि दुई तिर बग्नुपर्ने पानी एकका तिर मात्रै बग्दा क्षेती भएको बताए । उनले राती ३ बजे देखी नै डोजर सहित शसस्त्र प्रहरीको टोली क्षेती कम गर्न लागेको बताए । रातीबाट नै हामी यही छौं, मानवीय… पुरा पढौ

कास्कीमा भारी वर्षा, बाढी पहिरोको जोखिम

कास्कीमा भारी वर्षा, बाढीपहिरोको जोखिम
पोखरा, ४ साउन/ कास्कीमा आइतबार बिहान भारी वर्षा भएको छ । नेपालको चेरापुन्जी भनेर चिनिने कास्कीको लुम्ले र आसपास क्षेत्रमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यहाँ थप वर्षाको सम्भावना छ । बाढीपहिरोको जोखिम हुन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । “साउन ०४ गते, बिहान ०५ः०५ बजे । पछिल्लो एक घण्टामा कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक… पुरा पढौ

होटल बाराहीको रक्तदानमा ५६ रक्तदाताले रक्तदान गरे

होटल बाराहीको रक्तदानमा ५६ रक्तदाताले रक्तदान गरे
पोखरा, ३ साउन/ होटल बाराही पोखराले आयोजना गरेको रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन् । सामाजिक उत्तरदायित्व अन्तरगत पोखराको अग्रणी आतिथ्य ब्रान्डहरू मध्ये होटल बाराहीे रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा होटल बाराहीका कर्मचारीहरू, प्रबन्धकहरू, सशस्त्र प्रहरी बलका कर्मचारीहरू, ट्राभल एजेन्टहरू र स्थानीय समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता जनाएका थिए । रक्तदान गर्दै मानवता र जीवन बचाउने सेवाको प्रेरणादायी बन्न पाएकोमा उत्साहीत भएा थिए । सामाजिक कार्यप्रति प्रतिबद्धता जनाउदै रक्तदान कार्यक्रमलाई होटल बाराहीले अघिल्लो वर्षमा पनि आयोजना गर्ने… पुरा पढौ

गान्जीको सौन्दर्य पर्वतीय संग्रहालयमा

गान्जीको सौन्दर्य पर्वतीय संग्रहालयमा
पोखरा, ३ साउन/ चीनको पश्चिम सिचुवान प्रान्तमा पर्ने गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चरको सौन्दर्य पोखरामा हेर्न पाइने भएको छ । अनुपम प्राकृतिक दृश्य, तिब्बतीयन संस्कृति भएको गान्जीमा उच्च स्थानमा रहेका उपत्यका, हिउँले ढाकिएका पर्वत, ठूला घाँसे मैदान र घना जंगलहरु छन् । गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चर माउन्उटेन टुरिजम प्रमोसन प्वाइन्ट कार्यक्रम अन्तर्गत गान्जीका तस्बिरहरु बिहीबारबाट पोखराको रातोपहिरोमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा राखिएका छन् । नेपाल नेसनल पभेलियन (चाइना)को सहयोगमा राखिएका गान्जीका तस्बिरहरु अबको छ महिनासम्म प्रदर्शनीमा राखिनेछन् ।पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी… पुरा पढौ

केरुङमा बाढीले विगारेपछि विकल्पमा कोरला नाका खोल्न मुख्यमन्त्रीलाई व्यवसायीको सुझाव

केरुङमा बाढीले विगारेपछि विकल्पमा कोरला नाका खोल्न मुख्यमन्त्रीलाई व्यवसायीको सुझाव
पोखरा, २ साउन/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई पोखराका पर्यटन व्यवसायीहरूले मुस्ताङको कोरला नाका खोल्न पहल गर्न सुझाब दिएका छन् । हाल केरुङ नाका बाढीका कारण बन्द छ । यो बेलामा कोरला नाकालाई पर्यटकीय तथा व्यापारिक प्रयोजनका लागि पूर्ण रूपमा खुलाउने विषयलाई प्राथमिकतामा राख्न पाण्डेलाई आग्रह गरे । मुख्यमन्त्री पाण्डेले साउन ६ देखी लासाको भ्रमणमा जार्दै छन् । कोरला नाका सञ्चालनले गण्डकी प्रदेशको पर्यटन र समग्र अर्थतन्त्रमा ठुलो टेवा पुग्ने पोखरा पर्यटन परिषद्ले जनाएको छ । शुक्रबार ज्ञापनपत्र बुझाएर परिषद्ले… पुरा पढौ

‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट पत्रकार श्रीष सम्मानित

‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट पत्रकार श्रीष सम्मानित
पोखरा, १ साउन/ पोखरामा लामो समयदेखि क्रियाशील पत्रकार रुद्र श्रीष मगर ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट सम्मानपत्र तथा नगद १५ हजार सहित सम्मानित भएका छन् । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्धारा स्थापित तथा नेपाल मगर पत्रकार संघ कास्कीद्धारा संरक्षित पुरस्कारद्धारा बिहीबार पोखरामा पत्रकार श्रीषमगर सम्मानित भएका हुन् । कार्यक्रममा बोल्दै सम्मानित श्रीषमगरले पुरस्कारले आफूलाई खुसी दिलाउनुका साथै जिम्मेवारी थपिएको अनुुभव भएको बताए । सांस्कुतिक र संस्कार मगर समुदायको पहिचान भएकालाई संस्कारलाई जोगाउनु नयाँ र पुराना पुस्ताले विषेश… पुरा पढौ

जनकवि केशरी धर्मराज थापाको पोखरामा स्मरण

जनकवि केशरी धर्मराज थापाको पोखरामा स्मरण
पोखरा, १ साउन/ जनकवि केशरी धर्मराज थापाको १सय १ औं जन्म जयन्तीको अवसरमा पोखरामा विशेष कार्यक्रमका विच स्मरण गरिएको छ। शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सहभागीले राष्ट्रले चिनेको लोक सर्जकलाई अहिलेसम्म पनि आफ्नै क्षेत्रले उपयुक्त सम्मान दिन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। जनकवि थापाको व्यक्तित्व र कृतित्वको बारेमा परिचर्चा गर्दै अधिकांश व्यक्तिले बाटुलेचौरको माटोमा जन्मिएर हुर्किएका जनकविलाई स्मरण गरेर मात्र नपुग्ने बताउँदै, उनको शालिक निर्माणमा जोड दिएका छन्। पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जनकवि केशरी धर्मराज… पुरा पढौ

पोखरा महानगरमा एक हप्ता राजस्व संकलन बन्द

पोखरा महानगरपालिका
पोखरा, १ साउन/ पोखरा महानगरपालिकामा एक सातासम्म राजस्व संकलन कार्य बन्द रहने भएको छ । पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाको आर्थिक ऐन, २०८२ मा स्वीकृत करका दररेटहरु सफ्टवेयरमा अद्यावधिक गर्न तथा चालु आव २०८१र०८२ को हिसाब मिलन कार्यका लागि हप्ता बन्द रहने जानकारी दिए । साउन १ देखि ७ गते सम्म राजस्व संकलन कार्य स्थगित गरिएको जनाएका छन् । जसअनुसार, पोखरा महानगरपालिका तथा यसअन्तर्गतका महाशाखा, शाखा एवं… पुरा पढौ