
पोखरामा ११ करोड बराबरको सुन चाँदी सहित ११ जना पक्राउ
पोखरा, २४ साउन / पोखरामा कास्की प्रहरीले ११ करोड बढिका सुन चाँदीका गरगहना र नगद सहित ११ जनालाई पक्राउ गरेको छ । पोखरामा सुन–चाँदीको अवैध कारोबारमा संलग्न भारतीय गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले भारतको महाराष्ट्र, कलकत्ता र पश्चिम बंगालका स्थायी बासिन्दा भई पोखरामा कालिगढको काम गर्ने ११ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा राजेन्द्र रामचन्द्र जगताप, मनिक लाल आदक, सन्दीप ढाव, सोमनाथ पाल, दिपक सामन्त, गोविन्दा दिण्डा, असित वर, तापस सामन्त, उज्वल भोमिक, सुनिता पवार र प्रोभास माझी रहेका छन्।
उनीहरूलाई पोखरा महानगरपालिका–२, ३, ४ र ९ नम्बर वडामा अवैध सुन–चाँदी कारोबार भइरहेको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलीयाले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
शुक्रबार अपराह्न सूचना पाएपछि गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयहरूको संयुक्त टोली अपरेसनमा खटिएको थियो। प्रहरीले उक्त अपरेसनलाई ‘अपरेसन यलो मेटल’ नाम दिएको हो।
्
उनीहरूको साथबाट ५ सय ४९ तोला ४० लाल ६ किलो ४ सय ग्राम सुन, ४ सय ४४ तोला ७३ लाल ९५ किलो ३ सय ग्राम० चाँदी र नगद ५ लाख १४ हजार ६ सय ६५ रुपैयाँ बरामद भएको एसपी ओलीयाले बताए। पक्राउ परेकाले भारतबाट सुन ल्याई पोखरामा प्रशोधन गरी बेचबिखन गर्ने गरेको तथ्य फेला परेको उनले जानकारी दिए।
बजार मूल्यअनुसार बरामद सुनको मूल्य ११ करोड १ लाख ४ हजार रुपैयाँ र चाँदीको मूल्य १० लाख ३९ हजार रुपैयाँ पर्छ। पक्राउ परेका ११ जनालाई थप अनुसन्धानका लागि बरामद सामानसहित राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने जानकारी एसपी श्यामबाबु ओलीयाले बताए।
१.राजेन्द्र रामचन्द जगतापबाट बरामद भएको सामान सुन ११ तोला २०.६ लाल, चाँदी २९६ तोला ३३ लाल, नगद रु.१,६०,५००।-
२.मनिक लाल आदक बाट बरामद भएका सामान सुन १३ तोला १७ लाल, चाँदी १० तोला ५५ लाल
३.सन्दिप ढावबाट बरामद भएका सामान सुन ३ तोला ८ लाल
४.सोमनाथ पालबाट बरामद भएको सामान सुन १२ तोला १२.७ लाल, चाँदी ९ तोला ५९.४ लाल
५. दिपक सामन्तबाट बरामद भएका सामान सुन ३८ तोला ५ लाल, चाँदी ३० तोला ११ लाल
६. गोविन्द दिण्डाबाट बरामद भएका सामान सुन २१० तोला ८९ लाल
७.असित वर बाट बरामद भएका सामान सुन ८६ तोला ८७.१ लाल र चाँदी ३१.५ लाल
८. तापस सामन्तबाट बरामद भएको सामान सुन २४ तोला १५ लाल
९. उज्वल भोमिकबाट बरामद सामान सुन ५ तोला ४६.९ लाल,
१०. सुनिता पवार सुन २ तोला ५० लाल, चाँदी ९३ तोला ६१ लाल
११. प्रोभास माझीबाट बरामद भएका समान सुन ८८ तोला ३१ लाल र नगद रु. १ लाख ८५ हजार
१२. सन्जय ढाव बाट बरामद भएका सामन सुन १३ तोला ५८ लाल,चाँदी ४ तोला २३ लाल र नगद रु.१ लाख ६९ हजार १५५
•जम्मा सुन बरामद ५४९ तोला ४० लाल (६ किलो ४०० ग्राम)
•जम्मा चाँदी बरामद ४४४ तोला ७३.९ लाल
•बरामद रकम रु.५,१४,६६५।–
•मिति २०८२।०४।२३ गते बजारको सुनको बिकी मुल्य रु.१,९९,९००।–
•मिति २०८२।०४।२३ गते बजारको चाँदीको मुल्य रु.२,३१५।-
स्रोत – सुन चाँदी व्यवसायी संघ कास्की र नेपाल सुन चाँदी रत्न तथा आभुषण ब्यबसायी संघ, कास्की ।





