समाचार

१ करोड ४४ लाख रकम सहित चिनियाँ नागरिक पक्राउ

१ करोड ४४ लाख रकम सहित चिनियाँ नागरिक पक्राउ
पोखरा, २४ असार / स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँ सहित चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ६ बौद्ध नयाँबस्ती स्थित एक घरबाट ४० वर्षीय चिनियाँ नागरिक वाङ जियन रहेका छन् । काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँबस्ती स्थित एक घरमा भाडा लिएर बसेका वाङको कोठाबाट रकम सहित पक्राउ गरेको हो । उनको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

रसुवागढीमा आएको बाढीले १६ जना बेपत्ता, ९ जनाको उद्धार, पक्की पुल बगायो

रसुवागढीमा आएको बाढीले १६ जना बेपत्ता, ९ जनाको उद्धार, पक्की पुल बगायो
पोखरा, २४ असार / चीनसँगको व्यापारिक नाका रसुवागढीमा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका छन् । चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशी खोलामा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका हुन् ।  बेपत्ता हुनेमा तीन जना नेपाल प्रहरी, तीन जना सवारी चालक, ६ जना नेपाली कामदार, सवारी चालक, ४ जना चिनियाँ कामदार रहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीले जानकारी दिए । रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको उद्धार भएको छ ।  चीन र रसुवागढी जोड्ने पक्की पुल… पुरा पढौ

पोखराका दुई ठाउँबाट १७ जना जुवातास खेल्ने ४ लाख सहित पक्राउ

जुवा तास
पोखरा, २३ असार / कास्की प्रहरीले पोखराका दुई ठाउँबाट जुवातास खेल्दै गरेका आरोपमा २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट ४ लाख १३ हजार बरामद गरेको छ । जुवातास खेल्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर १० रक्षामार्ग स्थितबाट जुवातास खेलिरहेका ९ जना पक्राउ गरेको हो । उनीहरुलाई नगद २ लाख २२ हजार ८० र ४ बुक तास सहित पक्राउ गरिएको हो ।  त्यसैगरी जिल्ला प्रहरी कार्यालय कास्की… पुरा पढौ

पोखरा–१२ को सार्वजनिक सुनुवाइः विकासमा प्रशंसा, सेवा प्रवाहमा गुनासा

पोखरा–१२ को सार्वजनिक सुनुवाइः विकासमा प्रशंसा, सेवा प्रवाहमा गुनासा
पोखरा २२ असार / पोखरा महानगरपालिका वडा नम्बर १२ ले चालू आर्थिक वर्ष २०८१।०८२ को सार्वजनिक सुनुवाइ गरेको छ । वडा कार्यालयले प्रदान गर्ने सेवा प्रवाह र विकास निर्माणका विषयमा जानकारी दिने र सेवाग्राहीबाट सुझाव लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा वडाभित्र भएका विकास निर्माणका कामको सबैले प्रशंसा गरेका छन् ।  तर सेवा प्रवाहका विषयमा भने केही गुनासो नागरिकहरुले गरेका छन् । उनीहरुले शिक्षा, स्वास्थ्य, पूर्वाधार, युवा परिचालन र सामाजिक विकृति नियन्त्रणजस्ता विषयमा प्रश्न उठाएका थिए । शितलादेवी युवा… पुरा पढौ

गण्डकी टोस्टमास्टर्स क्लबको अध्यक्षमा आदित्यदेव प्रजु चयन

गण्डकी टोस्टमास्टर्स क्लबको अध्यक्षमा आदित्यदेव प्रजु चयन
पोखरा, २१ असार / गण्डकी टोस्टमास्टर्स क्लबको अध्यक्षमा आदित्य देव प्रजु सर्वसम्मत चयन भएका छन् । पोखरामा सम्पन्न सातौ वार्षिक अधिवेशनले प्रजुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यष शिक्षामा संझना पराजुली, उपाध्यक्ष सदस्यमा सुप्रिति श्रेष्ठ, उपाध्यक्ष रजनी बराल, सचिबमा विष्णुप्रसाद तिमिल्सिना, कोषाध्यक्षमा अनमोल बज्रचार्य र सर्जन आर्मसमा डा. मुकेश मल्लीक चयन भए । क्लबका सस्थापक अध्यक्ष तथा निर्वाचन समितिका संयोजक प्रकाशदेव पालिखेले सस्था स्थापना गर्दा र सस्थाले गर्नु पर्ने कामका बारेमा जानकारी दिए । उनले सस्थाले व्यक्तिको नेतृत्व… पुरा पढौ

पृथ्वीचोक बसपार्कका लागि छुट्टाइएको पूरै जग्गामा बसपार्क बनाउँछौँ : महानगर प्रमुख आचार्य

पृथ्वीचोक बसपार्कका लागि छुट्टाइएको पूरै जग्गामा बसपार्क बनाउँछौँ : महानगर प्रमुख आचार्य
पोखरा, २१ असार / पोखराको पृथ्वीचोकमा सुविधासम्पन्न बसपार्क निर्माणको योजना पाँच दशक अघिको हो ।  बसपार्कका लागि जमिन अधिग्रहण गरिएको लामो समय व्यतित हुँदासम्म बसपार्क बन्न सकेको छैन । बसपार्कका लागि अधिग्रहण गरिएको जमिन समेत खुम्चिदै गएको छ । सुविधासम्पन्न बसपार्क कहिले बन्छ भनेर पोखरेलीले महानगरसँग सँधै प्रश्न गर्ने गरेका छन्। पोखरा महानगर प्रमुख धनराज आचार्यले बसपार्कका लागि अधिग्रहण गरिएको पूरै क्षेत्रमा बसपार्क बनाउने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले बसपार्कको १ सय ४८ रोपनी क्षेत्रफलमै बसपार्क बनाउने महानगरको योजना सुनाउनुभयो ।… पुरा पढौ

फेवातालको साविककै नापी नक्शा अनुरुप सिमांकन गर्न माग गर्दै प्रशासनमा निबेदन 

फेवातालको साविककै नापी नक्शा अनुरुप सिमांकन गर्न माग गर्दै प्रशासनमा निबेदन
पोखरा, २० असार / फेवाताल मापदण्ड पीडितहरुले फेवातालको साविककै नापी नक्शा अनुरुप सिमांकन गर्न माग गर्दै प्रशासनमा निबेदन दिएका छन् । कास्कीकी प्रमुख जिल्ला अधिकारी रुर्दा शर्मा मार्फत नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकालाई बोधार्थ पठाएका छन् ।  पीडितका तर्फबाट फेवातला मापदण्ड सरोकार समितिका अध्यक्ष नविन बराल, स्थानीय गणेश भट्टराई सहितको टोली निबेदन दिदै फेवातालको साविककै नापी नक्शा अनुरुप सिमांकन गर्न माग गरे । करिब ३ सय जनाले निबेदनमा हस्ताक्ष गरेका छन् ।  नेपाल सरकारको जग्गा नापजाँच ऐन २०२१… पुरा पढौ

लेखनाथमा बसले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु

दुर्घटना
पोखरा, १९ असार / पोखरा महानगरपालिका लेखनाथको भण्डारढिकमा बसले ठक्कर दिंदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका– २९ भण्डारढिकस्थित सडकमा ग १ प १९९ नम्बरको बसले ठक्कर दिदा पैदल यात्री सोही ठाउँ बस्ने ४५ वर्षीय बुद्धिबहादुर परियारको बुधबार राति मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापश्चात आबश्यक अनुसन्धानका लागि बस चालकलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको… पुरा पढौ

कास्कीमा ११४ वटा मानव अधिकार उलंघनका घटना, घरेलु हिंसा सबैभन्दा धेरै

कास्कीमा ११४ वटा मानव अधिकार उलंघनका घटना, घरेलु हिंसा सबैभन्दा धेरै
पोखरा, १८ असार / अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म कास्की जिल्लामा ११४ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना अभिलेख गरेको छ । इन्सेकले असार १८ बुधबार पोखरामा कास्की जिल्लाको समग्र मानव अधिकारको अवस्थाबारे जानकारी दिँदै अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा गरेको हो ।  इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलका अनुसार कास्कीमा घरेलु हिंसा सबैभन्दा बढी देखिएका छन् । बालअधिकार अन्तर्गत ९ वटा घटना छन् । ती मध्ये बालिका बलात्कारका ७ वटा र बालबालिका कुटपिटका २ वटा… पुरा पढौ

लेकसाइडका ३ स्पा सेन्टरबाट ८ जना बालिकाको उद्धार

स्पा (मसाज) सेन्टर
पोखरा, १७ असार / कास्की प्रहरीले पोखराको लेकसाइडका तीन स्पा सेन्टरबाट ८ जना बालबालिकाको उद्धार गरेको छ । स्पा सेन्टरमा बालबालिकाहरुलाई कममा लगाएको भन्ने सुचनाका आधारमा कास्की प्रहरी र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाबट गएको टोलीले ८ जना बालिकाको उद्धार गरेको हो । स्पा सेन्टरहरुबाट १८ वर्ष भन्दा मुनिका ८ जना बालिकाको उद्धार गरेको कास्कीका प्रहरी प्रवक्ता डिसपी हरी बहादुर बस्नेतले जानकारी दिए । पर्सल्यान स्पाबाट २, ताराहिल लज स्पा एण्ड व्युटी केयरबाट २ र ईभेन्डर व्युटि एण्ड स्पाबाट ४ जनाको… पुरा पढौ