समाचार

मुग्लिङ–नारायणगढ सडक खण्डमा मोटरसाइकल ठोक्किदा चालक त्रिशुलीमा बेपत्ता

मुग्लिङ–नारायणगढ सडक खण्डमा मोटरसाइकल ठोक्किदा चालक त्रिशुलीमा बेपत्ता
पोखरा, २ फागुन/ मुग्लिङ–नारायणगढ सडक खण्डको २ किलोमा मोटरसाइकल ठोक्किएर पल्टिदा मोटरसाइकल चालक बेपत्ता भएका छन् । मोटरसाइकल ठोकिएपछि चालक त्रिशुलीमा खसेका छन् । उनको अहिले स्थानीय र प्रहरीले खोजी गरिरहेका छन् । झोलामा रोहित राना नाम रहेको बिलबुक भेटिएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी । पुरा पढौ

कोटीहोम नरोक्न पोखरा महानगरलाई उच्च अदालतको आदेश

पोखरा महानगरपालिका
पोखरा, १ फागुन/ उच्च अदालत पोखराले मानव सेवा फाउण्डेसनले गर्ने भनेको कोटीहोम नरोक्न पोखरा महानगरपालिकाका नाममा अन्तरिम आदेश दिएको छ । मानव सेवा फाउण्डेसनले कोटीहोममा महानगरले अवरोध गरेको भन्दै रिट निवेदन दिएको थियो । मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले अन्तरिम आदेश जारी हुन नपर्ने कारण सहित १५ दिनभित्र जवाफ पठाउन आदेश दिएको हो । अधिवक्ताहरु ईश्वर चिलुवाल र तोयानाथ पौडेलले बहस गरेका थिए । फाउण्डेसनले महायज्ञका लागि नेपाल ट्रष्टको कार्यालयको स्वामित्वमा रहेको ४८ रोपनी जग्गा भाडामा लिएको छ ।… पुरा पढौ

पोखरा भ्रमण वर्ष २०२५ को कार्यसम्पादन समितिको संयोजकमा गोपी भट्टराई

गोपी भट्टराई
पोखरा, १ फागुन/ पोखरा महानगरपालिकाद्वारा घोषित पोखरा भ्रमण वर्ष २०२५ को सफल कार्यान्वयनका लागि गठित कार्यसम्पादन समितिका संयोजक पर्यटन व्यवसायी गोपी भट्टराई र सहसंयोजक दामोदर भक्त थापा चयन भएका छन् । समितिका सम्पूर्ण १९ जना सदस्यहरू रहेका छन् । यो समितिले पोखराको पर्यटन प्रवर्द्धनलाई अझ गतिशील बनाउँदै ‘पर्यटनको राजधानी’ को रूपमा पोखराको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास महानगरको छ । पुरा पढौ

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुखको जिम्मेवारीमा मणिराज लामिछाने

मणिराज लामिछाने
पोखरा, १ फागुन/ नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रमुखको जिम्मेवारी दोस्रो पटक मणिराज लामिछानेले प्राप्त गरेका छन् । यसअघि उनी २०७५ सालमा प्रादेशिक संरचनामा जाँदाखेरी संस्थापक निर्देशकका रूपमा गण्डकी प्रदेश कार्यालयको प्रमुख भएर उनले काम गरेका थिए । पर्यटन क्षेत्रमा २६ वर्षदेखि संलग्न लामिछाने १६ वर्षअघि नेपाल पर्यटन बोर्डमा प्रवन्धकमा सेवा प्रवेश गरेका थिए । पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा पोखरालाई साँच्चिकै पर्यटनको राजधानी बनाउन तथा पोखरा भ्रमण वर्ष २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा योगदान दिने उनले… पुरा पढौ

पिकनिकबाट फर्किंदै गरेको स्कुल बस दुर्घटना हुदाँ तीन विद्यार्थीको मृत्यु

दुर्घटना
पोखरा, ३० माघ/ काठमाडौंमा नगरकोट पिकनिक गएर फर्किंदै गरेको स्कुल बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ ।शंकरापुर नगरपालिका–५ स्थित बा २ ख ७९५८ नम्बरको स्कुल बस दुर्घटना भएको हो । चाबहिलमा रहेको एसएस एकेडेमीको स्कूल बस नगरकोट पिकनिक गएर फर्किंदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । प्रहरीका अनुसार ४० जना घाइते भएका छन् । पुरा पढौ

पोखराको सराङकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ र धार्मिक पर्यटन महोत्सव हुने

पोखराको सराङकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ र धार्मिक पर्यटन महोत्सव हुने
पोखरा, २९ माघ/ पोखराको सराङकोट धाममा विकास गरी यसपटक विशेष धार्मिक र पर्यटन गतिविधिको केन्द्र बन्ने भएको छ । फाल्गुन १४ गते (महाशिवरात्रि पर्व) देखि फाल्गुन २१ गते सम्म श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सव हुन लागेको मुल आयोजक समितिका अध्यक्ष प्रेम बहादुर जिसिले बताए । सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको नेतृत्वमा २०६१ देखि वृहत गुरुयोजना मार्फत शिवमन्दिर, भ्यूटावर, १०८ शिव लिङ्ग, १०८ धारा, भुमे कालिका, गणेश मन्दिर, बहुउद्देशिय भवन कार्य सम्पन्न गरिएको र सोही दिन उद्घाटन गरिने… पुरा पढौ

लाटोकोसेरो संरक्षणमा प्रतिवद्धता जनाउँदै मिथिलामा १२ औं संरक्षण उत्सव, पोखराका हेमन्त पुरस्कृत

लाटोकोसेरो संरक्षणमा प्रतिवद्धता जनाउँदै मिथिलामा १२ औं संरक्षण उत्सव, पोखराका हेमन्त सम्मानीत
पोखरा, २८ माघ/ लाटोकोसेरो तथा हुचील संरक्षणमा प्रतिवद्धता जनाउँदै धनुषाको मिथिला विहारी नगरपालिका मिथिलेश्वर मौवाहीमा आयोजित १२ औं संस्करणको लाटोकोसेरो तथा हुचील संरक्षण उत्सव सम्पन्न भएको छ । लाटोकासेरो तथा हुचील संरक्षण, अनुसन्धानको साथै विभिन्न प्रजातिका वन्युन्तु अनुसन्धानमा तीन दर्शक देखि लागिरहेको प्रकृतिका साथीहरु नामक संस्था र मिथिला वाइल्ड लाइफ ट्रस्टको संयुक्त आयोजनामा दुई दिने संरक्षण उत्सव भएको हो । महोत्सवमा सहभागी मिथिला विहारी नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादव, प्रदेश सांसदहरु लगायत जनप्रतिथिधिले लाटोकोसेरो तथा हचील संरक्षमा प्रतिवद्धता जनाएका थिए… पुरा पढौ

दक्षिणकालीमा विद्यार्थी बोकेको बस दुर्घटना हुदाँ चालक र विद्यार्थीको मृत्यु

दुर्घटना
काठमाडौं, २७ माघ/ काठमाडौंको दक्षिणकाली नगरपालिका–४ मा स्कुलको बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुल बसका चालक दक्षिणकाली नगरपालिका–४ घर भएका ३५ वर्षीय रामकृष्ण थापा मगर र सोही ठाउँका ८ वर्षीय बालक विपिन श्रेष्ठ रहेका छन् । थापामगरको नगर अस्पताल दक्षिणकालीमा र श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बा१क ५६६४ नम्बरको जुनकिरी स्कुलको बस आइतबार साढे ३ बजे सडकबाट तल खस्दा ४१ जना घाइते भएका छन् । घाइतेहरूको काठमाडौं… पुरा पढौ

लेकसाइडमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु

पोखराको बुलौदीमा दुर्घटना
पोखरा, २७ माघ/ पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडमा मोटर साइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । लेकसाइडको स्ट्रिट नम्बर ३ बाट शहिदचोकतर्फ आउँदै गरेको ग १३ प ६७१९ नम्बरको दुर्घटना हुदाँ पोखरा २४ कास्कीकोटका २१ बर्षिय सफल रानाभाट र पोखरा ८ सिमलचौरका २१ बर्षिय सुजल अधिकारीको मृत्यु भएको हो । मोटरसाइकल चालकले नियन्त्रण गुमाई सडक छेउमा रहेको सोलारको पोलमा ठोकिएर दुर्घटना भएको हो । उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।… पुरा पढौ

पोखरामा कोटीहोम सञ्चालनका लागि अनुमति दिइएको छैनः पोखरा महानगरपालिका

पोखरा महानगरपालिका
पोखरा, २६ माघ / पोखरा महानगरपालिका क्षेत्रमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको महानगरपालिका कार्यालयले जनाएको छ । महानगरपालिकाले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकबाट मानव सेवा फाउण्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको भन्दै जग्गा भाडामा दिने नेपाल ट्रस्टको निर्णय समेत रद्ध गर्न लेखी पठाउने निर्णय गरेको छ । नेपाल ट्रस्टले कोटी होमका लागि उपलब्ध गराएको भनिएको लेकसाइड स्थित जग्गा सहरको अति व्यस्त स्थान, आन्तरिक तथा बाह्य पर्यटकहरू आवतजावत/घुमफिर गर्ने मुख्य पर्यटकीय केन्द्र, विश्व रामसार… पुरा पढौ