समाचार

शंकरमान उदासको निधन

शंकरमान उदासको निधन
पोखरा, १५ पुस/ पोखरामा जिमको ब्यवसायिक शुरुवात गरेका शंकरमान उदासको निधन भएको छ । उनको ६२ बर्षको उमेरमा गएराति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो । उनको निधनले शारिरिक सुगठन खेलमा अपुर्णिय क्षतिभएको छ । उनले पोखरामा जिमको ब्यवसायिक शुरुवात गरेका थिए । पोखरा व्यायामशालामा जिमका सामान राखेर शुरु गरे । त्यसपछि उनले रत्नश्री जिमबाट ब्यबसायिक रूपमा जिमको थालनी गरेका हुन् । उदास शारीरिक सुगठनका अन्तराष्ट्रिय निर्णायक समेत हुन् । उनको तुलसीघाटमा अन्त्यष्टि गरिएको छ । उनका… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट रेस चिनियाँ टोलीलाई दोहोरो उपाधि

पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट रेस चिनियाँ टोलीलाई दोहोरो उपाधि
पोखरा, १५ पुस/ पोखरा सम्पन्न अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिताको उपाधिमा चिनियाँ टोलीले जीतेका छन् । दोस्रो नेपाल–चीन मैत्री ड्रागन बोट रेसमा चिनिया टिमहरूले उपाधि कब्जा जमाएका हुन् । पोखराको फेवातालमा सोमबार सम्पन्न २०० र ५०० मिटर फाइनल रेसमा चीनको डोङग्वान लाओयू क्लबले दोहोरो उपाधि जितेको छ । दोहोरो उपाधि संगै उसले नगद १० हजार डलर हात पारेको छ । चीनकै युनान मिन्जु युनिभर्सिटी दोस्रो भयो भने लिआओचिङ यूनिभर्सिटी टिम तेस्रो भयो । यस्तै ५०० मिटर ड्रागन बोट रेसमा लिआओ… पुरा पढौ

सामाजिक विकास कार्यालय तनहुँको भवन उद्घाटन, सेवा विस्तारको प्रतिबद्धता

सामाजिक विकास कार्यालय तनहुँको भवन उद्घाटन, सेवा विस्तारको प्रतिबद्धता
पोखरा, १५ पुस/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले तनहुँ जिल्लाको सामाजिक विकास कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सामाजिक विकासको क्षेत्रमा कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने बताए । मन्त्रीले आफ्नो सम्बोधनमा स्थानीयस्तरमा सहज, प्रभावकारी र पारदर्शी सामाजिक सेवाको विस्तारका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले कार्यालयले शिक्षा, सामाजिक सुरक्षा, महिला सशक्तिकरण, खेलकुद र युवाहरूका लागि रोजगारीका अवसरहरू सिर्जनामा योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले कार्यालयमा सेवा… पुरा पढौ

मोटरसाइकल दुर्घटनामा पोखरा–२३ का भरतराज भण्डारी घाइते, मणिपालमा उपचार हुँदै

भरतराज भण्डारी
पोखरा, १४ पुस /मोटरसाइकल दुर्घटना हुदाँ पोखरा २३ ठुलाखेतका भरतराज भण्डारी घाइते भएका छन् । पोखरा महानगरपालिका –२३ घाटीछिनाबाट वडा नम्बर २४ मा पर्ने पामे बजार नजिक आफ्नो रेस्टुरेन्टमा फर्किने क्रममा उनि ठुलाखेत भन्दा केहि तल लौरुक खोला नजिकै दुर्घटनामा परेका थिए । भण्डारी पोखरा –२३ का वडा सदस्य हुन् । घाइते भण्डारीको अनुहारमा गम्भीर चोट लागेको छ । पोखराको नेपाल मणिपाल शिक्षण अस्पतालको आइसियु कक्षमा उनको उपचार भैरहेको छ । उनी नेपाली काँग्रेस पोखरा महानगरपालिका २३ वडा सभापति हुन्… पुरा पढौ

दाताको सहयोगमा माछापुच्छेमा ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’

दाताको सहयोगमा माछापुच्छेमा ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’
पोखरा, १४ पुस / कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ देउपुजेमा सुविधासम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको छ । स्वीजरल्याण्डका किसानहरुको संस्था एहमान फाउण्डेसनको रु पाँच करोड आर्थिक सहयोगमा बनेको ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’्र निर्माण गरिएको हो । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो केन्द्रको उद्घाटन गर्नुभएको छ । दाताहरुको सहयोगबाट बनेको सेवा केन्द्र भवन आमा स्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ । सेवा केन्द्रको सञ्चालन अब प्रतिष्ठानले गर्ने प्रतिष्ठानका संस्थापक अध्यक्ष वसन्तराज दवाडीले बताउनुभयो… पुरा पढौ

पोखरामा सडक महोत्सव सुरु (फोटो फिचर)

पोखरामा सडक महोत्सव सुर
पोखरा, १३ पुस/ सडकमै खाऔ, सकडमै नाचौ, सडकमै रमाऔ भन्ने नारा सहित पोखरमा शनिबार देखि २६ औ पोखरा सडक महोत्सव सुरु भएको छ । रेवान पोखराले अंग्रेजी नयाँवर्षको स्वागतमा विगत २६ वर्ष देखी महोत्सवको आयोजना गर्दै आएको छ । लेकसाइडको खहरेचोकबाट सुरु विभिन्न सास्कृतीक झाँकी सहितको ¥यालीले कोमागाने पार्क पुगेर औपचारीक रुपमा सुरु भएको छ । महोत्सवको सन्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । पोखराको फिस्टेल गेट देखि डिहिकोपाटन सम्मको करिब साढे ३ किलोमिटर खुल्ला सडकमा महोत्सव संचालन भएको छ… पुरा पढौ

२६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पुरा

‘सडक कै खाउ सडक मै रमाउ’ पोखरा सडक महोत्सव
पोखरा, १२ पुष/ रेवान पोखराको आयोजनामा शनिबारदेखि पोखरामा शुरु हुने २६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । महोत्सवको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन् गर्ने आयोजक रेवान पोखराले जनाएको छ । कोमागाने पार्कमा हुने उद्घाटन समारोह अघि खहरेबाट विभिन्न जातजाती, ६० बढी आमा समुह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था लगायतको उपस्थितीमा साँस्कृतीक झाँकी सहित ¥याली निस्कने छ महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए । आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सव सफल पार्न… पुरा पढौ

फेवातालमा कार खस्दा तीन घाइते

फेवातालमा कार खस्दा तीन घाइते
पोखरा, १२ पुस/ पामेबाट लेकसाइतर्फ आउँदै गरेको ग२च ३३९६ नम्बरको कार बिहीबार बिहान साढे २ बजेको समयमा फेवातालमा खसेको छ । पोखरा–६ गैरीचौतारास्थति सडकबाट फेवातालमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन् । यो ठाउँमा बेला बेलामा गाडी खस्ने गरेका छन् । घुम्तीमा गाडीको स्पिड बढि हुदाँ खस्ने गरेको स्थानीयको भनाई छ । पुरा पढौ

सोमबार छविको बयान सकिएन, छविको पछि बल्ल अरुको पालो

जिल्ला अदालत कास्की
पोखरा, ८ पुष/ सहकारी ठगि प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने सहित ५ जनाको बयान सुरु भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सुरु भएको बयानमा पहिलो दिन पूर्व डीआइजी छविलाल जोशीको बयान भएको छ । सोमबार छविलालको बयान भएको र बयान पूरा नभएकाले मंगलबार पनि उनकै बयान हुने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । छविलालको बयान सकिएपछि मात्रै अन्यको बयान सुरु हुनेछ । पूर्वगृहमन्त्री लामिछाने सहित पाँचै जनालाई जिल्ला अदालत कास्की लगिएको थियो… पुरा पढौ

रविको थुनामा रहेको फोटो खिच्ने निकोलस पक्राउ

डा. निकोलस भुसाल
पोखरा, ८ पुष/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौंबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले लामिछानेको सुतिरहेको तस्विर कास्की प्रहरी कार्यालयको सीसीटीभी कन्ट्रोल डिस्प्लेबाट खिचेर सार्वजनिक गरेका थिए । उनी आफैले तस्विर खिचेको स्वीकारेका हुन् । लामिछानेलाई हिरासतमा भेटेर जादाँ आफूले सीसीटीभी मनिटर रुमबाट खिचेको उनको दावी थियो । घटनाबारे छानविन गर्न समिति नै गठन भएको छ । पुरा पढौ