पोखरामा पनि अचाक्ली गर्मी बढ्यो

-


     क्लिक गण्डकी     
     श्रावण ९ गते २०८२ मा प्रकाशित


पोखरा, ८ साउन/ हुन यो बेला झमझ पानी परेको हुनु पर्ने हो तर चकमन्न घाम लागेर पोखरामा सबैलाई गर्मी महशुस गराएको छ ।

पोखरामा केही दिन देखी अचाक्ली गर्मी बढेको छ । देशका विभिन्न ठाउँमा पनि कतै पानी परेको छ भने कतै गर्मी छ । वर्षा याम भएपनि वर्षा हुन नसक्दा गर्मी बढेको हो ।

बिहीबार जल तथा मौसम विज्ञान विभाग पोखराको तापक्रम ३२ डिग्रि देखी ३४ डिग्रि हुने अनुमान गरेको छ । अहिले दिउसोको तापक्रम सोही अनुसार चलेको बताएको छ ।

गर्मी बढे सँगै दिउँसोको समयमा बजारको चलहपहल कम हुने गरेको छ । जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार पोखरामा २०१९ को अगष्ट १४ मा पोखराको तापक्रम ३५ डिग्री सेल्सियस पुगेको थियो ।

त्यसै गरी २०१६ को मे १ तारिखमा पोखराको तापक्रम ३४.८ डिग्री थियो । त्यस्तै २०२० को अगष्ट ५ र २०२१ को मे २४ मा पोखराको तापक्रम ३४.७ डिग्री थियो ।

पोखराको तापक्रम सबैभन्दा बढी यसअघि सन् १९७५ अप्रिल ८ मा ३७.४ डिग्री पुगेको थियो । त्यस्तै १९९२ को अप्रिल २२ मा पनि पोखराको तापक्रम ३७.४ डिग्री पुगेको थियो ।



Tags: