पोखरामा बाढी पहिलो ठाउँ ठाउँमा क्षेती, एक घर पहिरोमा एक बाढीमा

-


     क्लिक गण्डकी     
     श्रावण ५ गते २०८२ मा प्रकाशित


पोखरामा बाढी पहिलो ठाउँ ठाउँमा क्षेती, एक घर पहिरोमा एक बाढीमा

पोखरामा बाढी पहिलो ठाउँ ठाउँमा क्षेती, एक घर पहिरोमा एक बाढीमा

पोखरा, ४ साउन/ पोखरामा अविरल वर्षाका कारण खोलाको बहाव बढेर पर्खाल भत्किँदा पोखरामा घरमै बाढी पसेको छ ।

शनिबार रातिदेखि परेको पानीले पोखरा महानगरपालिका–१३ स्थित काहुँखोलाको बहाव बढ्दा काहुँखोला बजार, शुभकामना टोल, ढल्के पुल आसपासका घरमा लेदोसहितको बाढी पसेको हो । एउटा घर खोलाले कटान गरेको छ ।

ढल्के पुलकी स्थानीय ५१ वर्षीय दीपा लामाको दुई कोठाको एक तले कच्ची घर खोलाले कटान गरेर क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

पोखरा १६, पोखरा–१८, पोखरा–२० अन्नपूर्ण गाउँपालिकाका केही वडामा पनि पहिरोले घरमा क्षति भएको उनले बताए । पोखरा २० भलाममा सूर्य बास्तोलाको सातकोठे ब्लकको घर पहिरोमा पुरिएको छ । ३ कोठा पूर्ण रूपमा पुरिँदा सुन, पैसा सहित सामान क्षति भएको प्रहरीले जनाएको छ ।

पोखरा–१३ शुभकामना टोलबाट काहुँखोला दुईतिर बग्छ । त्यहाँबाट खोला पूर्वतिर नहरमार्फत विजयपुर खोलामा मिसिन्छ भने दक्षिणतिर सिँचाइ नहरमा जान्छ । जल तथा मौषम विभागका अनुसार कास्कीको लुम्लेमा पल्लिो २४ घण्टामा २ सय ४ मिलिमिटर पानी परेको छ भने पञ्चासेमा १ सय ८६ मिलिमिटर पानी परेको छ ।



Tags: