सुलभ नयाँ वर्ष बम्पर उपहार समिता मल्ललाई

-


     क्लिक गण्डकी     
     श्रावण ५ गते २०८२ मा प्रकाशित


सुलभ नयाँ वर्ष बम्पर उपहार समिता मल्ललाई

सुलभ नयाँ वर्ष बम्पर उपहार समिता मल्ललाई

पोखरा, ४ साउन/ पोखरा ६ जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले नयाँ वर्षको अवसरमा ग्राकहरुलाई लक्षित गरी ल्याएको उपहार योजना लक्की ड्र मार्फत सार्वजनीक गरेको छ ।

सुलभ उपभोक्ता सहकारी संस्थाद्वारा सञ्चालित स्टोर्सको लक्की ड्र बाट प्रथम पुरस्कार स्कुटर समिता मल्लले जितेकी छन् । उनले स्याङजामा रहेको डोको मार्टका लागि सामाग्री खरिद गर्ने गरेको बताइन् ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले लक्की ड्र तान्दा ३१७८२ नम्बरको मल्लको नम्बर तान्दै प्रथम पुरस्कार विजेता घोषणा गरे ।

द्वितीय पुरस्कार एलजिको वासिङ मेसिन बिमल क्षेत्रीलाई परेको छ । त्यसै गरी तेस्रो पुरस्कार फ्रिज तगारो टेरेशलाइ परेको छ ।
सान्तोना पुरस्कार १३ जनाको नाम लक्की ड्र मार्फत छानेको डिपार्टमेन्टलका प्रबन्ध निर्देशक लक्ष्मण बरालले जानकारी दिए ।

२ हजार भन्दा बढिको एकै पटकमा खरिद गर्दा एउटा कुपन दिने गरको सहकारीका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । उनले करिब ४० हजार कुपनबाट १५ जनालाई विभिन्न पुरस्कार लक्की ड्र मार्फत छानेको बताए ।

१७ वर्ष अगाडि पोखराका पर्यटन व्यवासायीहरुको संयुक्त लगानिमा स्थापना भएको सुलभ डिपार्टमेन्ट स्टोर्सले होटल तथा रेस्टुरेन्ट र दैनिक आवश्यक पर्ने र घरयासी सामग्रीहरुको सुलभ मूल्यमा बिक्री गर्दै आएको छ ।



Tags: