समाचार

पोखरामा आज दाइँ महोत्सव

पोखरामा आज दाइँ महोत्सव
पोखरा, ६ माघ/ पोखरामा आज दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकलाई चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा ‘सबै मौसमका लागि’ भन्ने नारासहित हुने महोत्सवबाट ‘अफ सिजन’मा समेत पर्यटकलाई आकर्षित गरी पोखरालाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । पोखरा महानगरपालिका–२३ मार्गीस्थित फेवा फाँटमा सञ्चालन हुने परम्परागत दाइँ महोत्सवमा पर्यटक तथा युवालाई संलग्न… पुरा पढौ

ट्रकले ठक्कर दिदा मोटरसाइकलमा आगोलागि, चालकको मृत्यु

दुर्घटना
सिन्धुपाल्चोक, ४ माघ /सिन्धुपाल्चोकको खाडिचौर जिरी सडक खण्डको ८ किलोमा ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको जलेर मृत्यु भएको छ । दोलखाबाट काठमाडौं जाँदै गरेको मालबाहक ट्र्कले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकलाई खाडिचौर जिरी सडक खण्ड को ८ किलो नजिकै ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। मधेश प्रदेश ०३-००२ ख ०५३४ नम्बरको ट्रकले बागमती प्रदेश ०२-०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा आगलागी भएको र मोटरसाइकलमा लागेको आगोमा परी चालकको जलेर मृत्यु भएको प्रहरीले जनाएको… पुरा पढौ

प्रधानमन्त्री केपी शर्मा पोखरा आउदै, पोखरा स्वास्थ्य विज्ञानको पहिलो दीक्षान्त

पोखरा, ३ माघ/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउदै छन् । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षान्त समारोहमा ‘डक्टर अफ मेडिसिन÷मास्टर अफ सर्जरी’ (एमडी÷एमएस) प्रथम र दोस्रो ब्याचका ४३ जना विद्यार्थी दीक्षित हुने छन् । मेडिकल विज्ञान संकाय पोस्टग्राजुएट प्रथम र दोस्रो व्याचका क्रमश १७ र २६ विद्यार्थी दीक्षित हुनेछन् । प्रतिष्ठानले २०७६ फागुनवाट शैक्षिक कार्यक्रम सुरु गरेको थियो । स्नातकोत्तर तहमा शल्यचिकित्सा, मेडिसिन, बालस्वास्थ्य, स्त्री तथा प्रसूतिरोग,… पुरा पढौ

पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा

पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
पोखरा, १ माघ/ नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष त्रिभुवन पौडेलको स्मरणमा दोस्रो स्मृति सभा गरेको छ । मंगलबार आयोजित स्मृति सभामा वक्ताले पौडेलले महासंघको संस्थागत तथा पत्रकारिता लगायत क्षेत्रमा पु¥याएको योगदानको स्मरण गरे । उनीहरुले पौडेलको सपना पूरा गर्न सबैजना एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । आजभन्दा ठिक २ वर्षअघि पोखराको सेती खोंचमा यती एअर दुर्घटनामा परी पत्रकार पौडेल, पोखराकै सञ्चारकर्मी अनिल शाहीसहित ७२ जनाको ज्यान गएको थियो । कार्यक्रममा पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष प्रेस… पुरा पढौ

इन्टेग्रिटी आइकन नेपाल २०२४ सार्वजनिक, पोखरा महानगरपालिका मनहर कडरिया उत्कृष्ट पाँचमा

इन्टेग्रिटी आइकन नेपाल २०२४ सार्वजनिक, पोखरा महानगरपालिका मनोहर कडरिया उत्कृष्ट पाँचमा
पोखरा, २९ पुस/ एकाउन्टविलिटी ल्याब नेपालले सञ्चालन गर्दै आएको इन्टेग्रिटी आइकन नेपालको एघारौं संस्करणमा छनोट भएका पाँच जना इन्टेग्रिटी आइकनको नाम सार्वजनिक भएको छ। यस वर्ष इन्टेग्रिटी आइकन नेपालका लागि देशभरिबाट ३४९ वटा मनोनयन प्राप्त भएका थिए। प्राप्त मनोनयनहरूबाट विभिन्न छनोट प्रक्रिया पूरा गरेर निर्णायक समितिले यस वर्षका लागि पाँच जना इन्टेग्रिटी आइकन छनोट गरेका हुन्। निर्णायक समितिमा सुशासनविद् सूर्यनाथ उपाध्याय, प्रशासनविद् काशिराज दाहाल, नेपाल सरकारका भूतपूर्व सचिव द्बय पुण्य प्रसाद न्यौपाने र जीवनप्रभा लामा, प्राध्यापक तथा सुशासनविद् डा। सुचेता… पुरा पढौ

‘चोकमा मात्र होइन, नोटमा पनि पृथ्वीनारायणलाई राखिनुपर्छ’

‘चोकमा मात्र होइन, नोटमा पनि पृथ्वीनारायणलाई राखिनुपर्छ’
एक वर्षभित्र पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक स्थापना गर्ने उद्घोष पोखरा, २७ पुस/ पोखराको पृथ्वीचोकमा नेपालका प्रथम सहिद लखन थापाको सालिक छ । उक्त चोकमा कसको सालिक राख्ने भनेर आन्दोलन र असहज परिस्थितिबीच गत वर्ष त्यहाँ सहिद थापाको सालिक राखियो । तर, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक राखिनुपर्छ भन्ने अभियन्ताहरुले जुनसुकै हालतमा अबको एक वर्षभित्र पृथ्वीचोकमा शाहको सालिक स्थापना गर्ने उद्घोष गरेका छन् । पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा राष्ट्र गौरव अभियानले शनिबार आयोजना गरेको एकता सभाका वक्ताहरुले पृथ्वीचोकमा अरुको… पुरा पढौ

वृद्ध भत्ता जम्मा गरी ४ लाख रुपैया सरस्वती मन्दिरलाई

वृद्ध भत्ता जम्मा गरी ४ लाख रुपैया सरस्वती मन्दिरलाई
पोखरा, २७ पुस/ वृद्ध भत्ता जम्मा गरी ८० वर्षीय वृद्धले ४ लाख रुपैयाँ दान गरेका छन् । पोखरा २३ हर्पनका स्थायी बासिन्दा खिमलाल पौडेलले सिद्धवराह माध्यमिक विद्यालय माझथुममा सरस्वती मन्दिर निर्माणका लागि रकम दान गरेका हुन् । हाल भारतको बनारसमा बस्दै आएका पौडेलले आफूले प्राप्त गरेको रकम र नेपाल सरकारले प्रदान गरेको ज्येष्ठ नागरिक भत्ता जम्मा गरी रकम प्रदान गरेका हुन् । मन्दिर बनाउने इच्छा भएको उनी बेला बखत पोखरा भन्ने गर्थे । वनारसको एक आश्रममा सन्यासी जीवन बिताईरहेका पौडेल… पुरा पढौ

रास्वपाका सभापति रवि लामिछाने सहित ६ प्रतिवादी धरौटी बुझाएर रिहा

रास्वपाका सभापति रवि लामिछाने सहित ६ प्रतिवादी धरौटी बुझाएर रिहा
पोखरा, २५ पुस/ पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहित ६ जना धरौटीमा रिहा भएका छन् । लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरुङ र आरती गुरूङले धरौटी रकम बुझाएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । स्रेस्तेदार खनालका अनुसार धरौटी रकम बुझाएसँगै उनीहरु सबै रिहा भएका छन् । न्यायाधीश नितिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईंलाई ३७… पुरा पढौ

पञ्चासे प्राज्ञ मञ्चको दोस्रो साधारण सभा, बृतचित्र लोकार्पण

पञ्चासे प्राज्ञ मञ्चको दोस्रो साधारण सभा, बृतचित्र लोकार्पण
पोखरा, २३ पुस /पञ्चासे प्राज्ञ मञ्चको दोस्रो साधरण सभा तथा बृतचित्र लोकार्पण भएको छ । साधरण सभाको उद्घाटन गर्दै प्रदेश सभासद प्रकाश बराल पञ्चासे प्राज्ञ मञ्चले पोखरा २३ को विकास र इतिहास संरक्षणमा भुमिका खेल्नु पर्ने बताए । उनले पोखरा महानगरपालिका २३ मा पर्ने पञ्चासे क्षेत्रलाई विश्वले नै चिन्ने भन्दै यस प्रचार प्रसारमा अझ लाग्न सके आर्थिक, धार्मिक र पर्यटन क्षेत्रको विकास हुने बताए । उनले बृत चित्रले यस क्षेत्रका धार्मिक र प्राकृतिक क्षेत्रलाई समेटका कारण यस क्षेत्रको प्रचार प्रसारमा… पुरा पढौ

नेपाल–चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प

भूकम्प
पोखरा, २३ पुस/ नेपाल–चीन सीमाना तिप्बतको दिंगे कान्टीमा भूकम्प गएको छ । खानी तथा भूगर्भ विभागका अनुसार ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्रायः ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । पुरा पढौ