समाचार

नेपालमा भूकम्पको धक्का

भूकम्प
पोखरा, २३ पुस/ नेपालमा भूकम्पको धक्का महसुस भएको छ । कही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाडौं, चितवन, पोखरा लगाएतका शहरहरुमा महशुस भएको छ । काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् । केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् । केही समयदेखि नेपालका ठाउँ ठाउँमा भूकम्प गइरहेका छन् । पुरा पढौ

पोखरामा ठगीको अभियोगमा पोखराका सोनीक क्षेत्री र अछामका जगत डोली पक्राउ

पोखरामा ठगीको अभियोगमा पोखराका सोनीक क्षेत्री र अछामका जगत डोली पक्राउ
पोखरा, २२ पुस/ कास्की प्रहरीले पोखरा राईडर्स क्लबका अध्यक्ष सोनीक क्षेत्री र जगत डोलीलाई ठगीको अभियोगमा पक्राउ गरेको छ । गत बर्षको चैत २३ र २४ गते पोखरा राईडर्स क्लबको नामबाट आयोजना गरिएको “पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसीप–२०२४” मा सहभागी खेलाडी र बिजेताहरु मध्ये केहि ठगिएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पोखरा राईडर्स क्लबले पोखराको बाम्दीमा संचालन गरेको “पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसीप–२०२४” खेलमा प्रत्येक खेलाडीबाट दर्ता शुल्क बापत भन्दै १७ हजार रुपैया संकलन… पुरा पढौ

हेमजाको तिब्रकोट वन लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा

हेमजाको तिब्रकोट वन लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा
पोखरा, २१ पुष/ हेमजामा रहेको तिब्रेकोट साामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरिएको छ । प्रकृतिका साथीहरुको आयोजनामा शनिबार भएको लाटोकोसेरो संरक्षण विशेष शिविरमा कास्कीको पोखरा महनगर पालिका वडा नं. २५ मा रहेको तिब्रेकोट सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरिएको हो । कार्यक्रमा समुदायको भेलालेनै करिव १ सय दशमल ७४ हेक्टर क्षेत्रफल रहेको तिब्रेकोट सामुदायिक वनालाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरेको हो । उक्त अवरमा तिब्रेकोट सामुदायिक बनका उपभोक्त समूहका अध्यक्ष विशालजंग कुँवरले भेलाको निर्णण सुनाउदै… पुरा पढौ

श्रीपती समाजसेवा पुरस्कारबाट डा.रुइत र पत्रकारिता पुरस्कारबाट कार्की सम्मानीत

श्रीपती समाजसेवा पुरस्कारबाट डा.रुइत र पत्रकारिता पुरस्कारबाट कार्की सम्मानीत
पोखरा, २१ पुस /श्रीपती समाजसेवा पुरस्कार–२०८१ बाट डा. सन्दुक रुइत सम्मानित भएका छन् । शनिबार श्रीपती कोइराला गुठी पोखराको ३२ औं वार्षिक साधारण सभा अवसरमा सो पुरस्कारबाट डा. रुइतलाई सम्मान गरिएको हो । पुरस्कार राशि नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहित दोसल्ला, सम्मानपत्र र पदकले सम्मान गरे । ‘दृष्टिका देवता’ समेत भनेर चिनिने उनी तीलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी निर्देशक हुन् । कम लागतमा मोतियाबिन्दुको उपचारका लागि विश्वविख्यात चिकित्सा पद्दति रुईतेक्तोमिताका सुरुवातकर्ता समेत रहेका उनले हालसम्म… पुरा पढौ

लेखनाथ महोत्सवमा आर्कषणको केन्द्र बन्दै बुद्धको प्रतिमा

लेखनाथ महोत्सवमा आर्कषणको केन्द्र बन्दै बुद्धको प्रतिमा
लेखनाथ, २० पुस/ ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा राखिएको बुद्धको प्रतिमा दर्शकहरुको आर्कषणको केन्द्र बनेको छ । हरेक संस्करणमा केही न केही नयाँ प्रयोगको माध्यमबाट दर्शकहरुको ध्यान तान्न सफल महोत्सवले यसपटक भने विश्व शान्तिको कामनाका साथ महोत्सव परिसरमा भगवान गौतम बुद्धको आर्कषक प्रतिमा स्थापना गरेको हो । महोत्सवमा स्थापना गरिएको प्रतिमाले बालबालिका देखी वृद्ध वृद्धाहरुसम्मको ध्यान खिच्न सफल भएको छ । प्रतिमामा सँगै फोटो खिचाउनेदेखी टिकटिक बनाउनेसम्मको… पुरा पढौ

नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश अधिवेशन माघ अन्तिम साता

पोखरा, २० पुस/ नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश अधिवेशनको माघको अन्तिम साता हुने भएको छ । माघ २६ र २७ गते पोखरामा प्रथम गण्डकी प्रदेश अधिवेशन हुने शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । यस अघि पुस १९ र २० गतेको लागि तोकिएको महाधिवेसनको मिति सार्दै नयाँ मिति तोकिएको हो । अधिवेशनमा प्रदेशका ११ जिल्लावाट ४५० जना प्रतिनिधिहरुको सहभागिता रहने छ । ५० पार्टी सदस्य वरावर १ जना प्रतिनिधि चयन हुने र प्रत्येक संघीय निर्वाचन क्षेत्रलाई निर्वाचन क्षेत्र मानेर… पुरा पढौ

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा कोइराला

दीपेन्द्र कोइराला
पोखरा, १९ पुस/ पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराको अध्यक्षमा दीपेन्द्र कोइराला निर्वाचित भएका छन् । शुक्रबार पोखरामा सम्पन्न १९औं साधारणसभा तथा दसौं अधिवेशनले उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा शिव श्रेष्ठ, उपाध्यक्षमा निरन केसी, महासचिवमा विनय थापा, कोषाध्यक्षमा अशोक चालिसे र सचिवमा दीपेन्द्र भण्डारी निर्वाचित भएका छन्। त्यस्तै कार्यसमिति सदस्यमा छबिलाल सुवेदी, सन्ध्या पौडेल, नूरज बाटाजू, सौरभ थापा, अशोक चौधरी, शिव ॐ बराल, अम्बिका मोहन भट्टराई, बालकृष्ण कोइराला र प्रतीक सुवेदी निर्वाचित भएको… पुरा पढौ

बुद्ध एयरको अनाहकमा ईमर्जेन्सी ढोका खोल्दा यात्रुलाई तिराइएको क्षतिपूर्ति रकम वृद्धाश्रमलाई

बुद्ध एयरको अनाहकमा ईमर्जेन्सी ढोका खोल्दा यात्रुलाई तिराइएको क्षतिपूर्ति रकम वृद्धाश्रमलाई
पोखरा, १९ पुस/ बुद्ध एयरले पोखरामा रहेको पोखरा वृद्धाश्रमलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । त्यसै गरी जनकपुरस्थित महागंगा आरती गंगासागरलाई पनि १ लाख सहयोग गरेको बुद्ध एयरले जनाएको छ । उड्ने तरखरमा रहेका जहाजको इमर्जेन्सी ढोका खोल्ने दुई यात्रुले तिरेको क्षतिपूर्ति रकमलाई दुई संस्थालाई सहयोग गरिएको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरका पोखरा स्टेशन प्रमुख गौतम बरालले पोखराको सितापाइलास्थित पोखरा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकको सहयोगका लागि रकम हस्तान्तरण गरे । यस्तै, बुद्धका जनकपुर स्टेशन प्रमुख विजयप्रसाद सिंहले… पुरा पढौ

मुगुमा भूकम्पको धक्का

भूकम्प
मुगु, १९ पुस/ शुक्रबार बिहान मुगु जिल्लाको लुमा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ८ बजेर ३ मिनेट जादाँ ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केही दिनयता सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरूमा लगातारजसो भूकम्प गइरहेको छ । पुरा पढौ

सूर्यदर्शन सहकारी ठगी मुद्दाः जाहेरवाला तर्फका वकिल गरे बहस

सूर्यदर्शन सहकारीको रकम हिनामिना
पोखरा, १८ पुस/ सूर्यदर्शन सहकारी ठगी मुद्दामा बिहीबार पनि थुनछेक बहस भयो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा थुनछेक बहसमा जाहेरवालाको तर्फबाट बहस गरे । वरिष्ठ अधिवक्ताद्वय दीनेश त्रिपाठी, डा. सुरेन्द्र भण्डारी, अधिवक्ता बेदबहादुर विष्ट, रामचन्द्र गौतम, युवराज पराजुली र हरि कट्टेलले बहस गरेको जिल्ला अदालत कास्कीले जनाएको छ । जाहेरवालाको तर्फबाट केही वकिलहरुले आइतबार बहस गर्ने छन् । त्यसलगत्तै प्रतिवादीको तर्फका वकिलले बहस गर्ने कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । यसअघि पहिलो र दोस्रो दिन… पुरा पढौ