समाचार

पोखरामा इन ड्राइभमा बढि भाडा लिने ८ मोटरसाइकल कार्वाहीमा

पोखरामा इन ड्राइभमा बढि भाडा लिने ८ सवारीसाधन कार्वाहीमा
पोखरा, १८ जेठ/ इन ड्राइभ राईडरहरुले बढि भाडादर लिएका ८ सवारी साधनलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । बढि भाडा लिएको भन्ने गुनासो प्राप्त भए प्रश्चात जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखराको बिभिन्न स्थानबाट ८ वटा सवारी साधनहरुलाई नियन्त्रण लिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी हरी बहादुर वस्नेतले जानकारी दिए । ती सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कार्वाही गरिएको उनले बताए । पुरा पढौ

कास्कीका सिडिओमा पाण्डेको सरुवा, रुद्रादेवी शर्मा आइन्

कास्कीका सिडिओमा पाण्डेको सरुवा, रुद्रादेवी शर्मा आइन्
पोखरा, १८ जेठ/ गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । कास्की, बर्दिया, धनुषा र पाँचथर जिल्लामा नयाँलाई जिम्मेवारी तोकेको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको मन्त्रालयमा सरुवा भएको छ भने उनको ठाउँमा बर्दियाकी सिडिओ रुद्रादेवी शर्मा आएकी छन् । पाण्डे अघिल्लो वर्ष जेठ २१ गते कास्कीमा हाजिर भएका थिए । शर्माको स्थानमा मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव सुरेन्द्र पौडेललाई बर्दियाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । यसै गरी धनुषाका सिडिओ रामुराज कडरियालाई… पुरा पढौ

रत्नमन्दिर र हिमागृह परिसरमा फेवातालको ८ वटा सीमा स्तम्भहरू गाडिए

रत्नमन्दिर र हिमागृह परिसरमा फेवातालको ८ वटा सीमा स्तम्भहरू गाडिए
पोखरा, १८ जेठ/ सर्वोच्च अदालतको आदेशअनुसार फेवाताल सिमाङ्कनको कार्य जारी रहेको छ । आइतबार दोस्रो तालको सीमा क्षेत्रमा थप ८ वटा सीमा स्तम्भहरू गाडिएका छन् । रत्नमन्दिर र हिमागृह परिसरमा सीमा स्तम्भहरू गाडिएको महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापाले बताउनुभयो । पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र सङ्घ सरकारको संयुक्त पहलमा १८ महिना लामो अध्ययन पश्चात् ताल घरमा सीमा स्तम्भ गाड्न थालिएको हो । शनिवार ७ वटा पिल्लरहरु गाडिएका थिए । सीमा स्तम्भ गाड्ने कार्यको नेतृत्व पोखरा महानगरपालिकाले गरिरहेको छ… पुरा पढौ

बन्द र हड्लातलाई माग पूरा गराउने साधन नबनाउन संघ सस्थाको आग्रह

बन्द र हड्लातलाई माग पूरा गराउने साधन नबनाउन संघ सस्थाको आग्रह
पोखरा, १८ जेठ/ पोखरा उद्योग वाणिज्य संघले आफ्ना माग पूरा गराउन बन्द र हड्ताललाई साधन नबनाउन आग्रह गरेको छ । संघले वार्ताकै माध्यमबाट गतिरोधको अन्त्य गर्न सम्बन्धि पक्षलाई अनुरोध पनि गरेको छ । संघले सार्वजनिक यातायात क्षेत्रमा भएको निजी लगानीको सुरक्षणलाई नजरअन्दाज नगर्न पनि सरोकारवालाको ध्यानाकर्षण गराएको छ । गण्डकी प्रदेश सरकारबाट राइड सेयरिङलाई व्यवस्थित र नियमन गर्न जारी ‘राइड सेयरिङसबन्धी नियमावली २०८२’ को विरुद्धमा यातायात व्यवसायी राष्ट्रिय महासंघले आह्वान गरेको विरोधका कार्यक्रम र सार्वजनिक यातायात अवरुद्ध पारिएपछि संघले आइतबार… पुरा पढौ

राईड सेयरिङ सम्बन्धमा गण्डकी सरकारले व्यवसायीलाई वार्ता बोलो, व्यवसायी द्धारा व्यवास्था

राईड सेयरिङ सम्बन्धमा गण्डकी सरकारले व्यवसायीलाई वार्ता बोलो, व्यवसायी द्धारा व्यवास्था
पोखरा, १८ जेठ/ सरकारले राईड सेयरिङ सम्बन्धि नियमावली राजपत्रमा प्रकाशित गरी कार्यान्वलयनमा ल्याएपछि आन्दोलनमा उत्रिएका व्यवसायीलाई वार्तामा बोलाएपनि व्यवास्था गरेका छन् । मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै व्यवसायीलाई वार्तामा बोलाए पनि नआएको जानकारी दिएको छ । सर्वसाधारणलाई यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवासायी वार्ता नआएको वार्ता समिति संयोजक तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका सचिव ई.कमलकुमार अधिकारीले बताए । उनले राईड सेयरिङ नियमन र व्यवस्थापन गर्न बनेको नियमावली सम्शोधन हुन सक्ने तर खारेज नहुने बताए ।सरकारले… पुरा पढौ

‘अन्नपूर्ण डे’ मनाउन निस्केको टोली अन्नपूर्णमा

‘अन्नपूर्ण डे’ मनाउन निस्केको टोली अन्नपूर्णमा
पोखरा, १८ जेठ/ ७५ औँ अन्नपूण प्रथम हिमाल आरोहणको दिवस (हिरक महोत्सव) मनाउन पोखराबाट पदयात्रामा निस्केको टोली अन्नपूर्ण क्षेत्र प्रवेस गरेको छ । पोखराबाट हिडेको टोली शनिबार अन्नपूर्ण गाउँपालिका म्याग्दीको वडानम्बर चार नार्च्याङ (अन्नपूर्ण क्षेत्र) पुगेको हो । अन्नपूर्ण गाउँपालिकाको नेतृवमा स्थानीयले टोलीलाई बाजागाजासहित भब्य स्वागत गरेका थिए । हिरक महोत्सवको अवसर पारेर आयोजना गरिएको पदयात्रामा मौरिस हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन र नाती सिमोन ज्याक्युस, फ्रान्सेली पर्वतारोहण अनुसन्धानकर्ता र सांगीतिक टोली गरी १४ जनाको टोली पनि सहभागि भएको छ… पुरा पढौ

पोखराका विभिन्न ठाउँमा चोरी गर्ने २ जना पक्राउ

पोखराका विभिन्न ठाउँमा चोरी गर्ने २ जना पक्राउ
पोखरा, १७ जेठ/ पोखराका विभिन्न ठाउँमा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर स्थायी घर भई नवलपरासी कावासेती नगरपालिका ११ बस्ने वर्ष ३४ को तेजेन्द्र खड्का र पर्वत कुश्मा नगरपालिका १३ स्थायी घर भई पोखरा महानगरपालिका ५ पस्र्याङ बस्ने वर्ष ३२ को टिकाराम विक रहेका छन् । जेठ १३ गते रातको समयमा पोखरा महानगरपालिका १३ माटेपानीमा चोरी भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले… पुरा पढौ

पोखरामा स्कुटरको ठक्करले विष्णुको ज्यान गयो, ठक्कर दिएर भाग्ने स्कुटर चालक पक्राउ

पोखरामा विष्णुलाई ठक्कर दिई ज्यान दिएर भाग्ने स्कुटर चालक पक्राउ
पोखरा, १७ जेठ/ जेठ १२ गते रातको समयमा १०ः५० बजे एक स्कुटरले पोखराको सभागृहचोक–सिर्जनाचोक सडकखण्डमा ठक्कर दिने स्कुटर चालकलाइ प्रहरीले पक्राउ गरेको छ । ठक्करबाट कास्कीको मादी गाउँपालिका वडा नं. ५ सिक्लेस घर भएका यौनिक अल्पसंख्यक व्यक्ति ईच्छा क्षेत्री भनेर चिनाउने विष्णु बहादुर बुढाथोकी घाइते भएका थिए । तत्काल वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले उनलाई अस्पताल पठायो । तर, दुई दिनपछि जेठ १४ गते बुधबार उपचारकै क्रममा उनको मृत्यु भएको हो । ‘हिट एण्ड रन’ केसमा संलग्न… पुरा पढौ

फेवातालको सिमानामा पोल गाड्न शुरु, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र मयेर धनराज आचार्य विरुद्ध नाराबाजी

फेवातालको सिमानामा पोल गाड्न शुरु, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र मयेर धनराज आचार्य विरुद्ध नाराबाजी
पोखरा, १७ जेठ/ फेवातालबारे सर्वोच्चले पछिल्लो पटक २०८० असार ४ गते नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको नाममा उत्प्रेषणयुक्त परमादेश दिएको थियो । उक्त परमादेशमा व्यक्ति वा संस्थाको नाममा भएको दर्ता खारेज गरी तालकै नाममा कायम गर्न र उच्च बहाव सीमानाबाट ६५ मिटरसम्मको सबै संरचना हटाउन तथा सौन्दर्यीकरण गर्न भनिएको छ । ६५ मिटर मापदण्डभित्रका संरचना हटाउन ६ महिनाको म्याद दिइएकोमा झन्डै २ वर्षसम्म अध्ययनमा खर्च सरकारले काम थालेको छ । फेवातालबारे सर्वोच्चले २०८० असार ४ गते नेपाल सरकार,… पुरा पढौ

फेवातालको सिमानामा शनिबार देखी पोल गाड्ने

फेवातालको सिमानामा शनिबार देखी पोल गाड्ने
पोखरा, १६ जेठ/ फेवातालबारे सर्वोच्चले पछिल्लो पटक २०८० असार ४ गते नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको नाममा उत्प्रेषणयुक्त परमादेश दिएको थियो । उक्त परमादेशमा व्यक्ति वा संस्थाको नाममा भएको दर्ता खारेज गरी तालकै नाममा कायम गर्न र उच्च बहाव सीमानाबाट ६५ मिटरसम्मको सबै संरचना हटाउन तथा सौन्दर्यीकरण गर्न भनिएको छ । ६५ मिटर मापदण्डभित्रका संरचना हटाउन ६ महिनाको म्याद दिइएकोमा झन्डै २ वर्षसम्म अध्ययनमा खर्च सरकारले काम थाल्ने भएको छ । फेवातालको डिजिटल रूपमा गाडिएको पोलको बाहिर तीनै… पुरा पढौ