समाचार

पोखरामा पौडी खेल्दा बेपत्ता दुई बालकको शव फेला

पोखरा, १५ जेठ/ पोखरा २५ हेम्जास्थित मार्दी खोला ड्याममा पौडी खेल्दा हराएका दुई बालकको शव फेला परेको छ । माछापुच्छ्रे गाउँपालिका घर भएका १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको शव फेला परेको हो । बिहीबार दिउँसो बेपत्ता भएका उनीहरूको शव सशस्त्र प्रहरी बललको गोताखोरले निकालेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । नम्बर–२४ कालिका गण मालेपाटनबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र कटवाल नेतृत्वको टोलीले शव निलेको हो । पुरा पढौ

पोखरामा ४५ दिने चिनिया भाषा तालिम

पोखरामा ४५ दिने चिनिया भाषा तालिम
पोखरा, १५ जेठ / नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना एवम् नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको सह आयोजनामा आजदेखि पोखरामा ४५ दिने चिनिया भाषा तालिम सुरु भएको छ ।नेपालमा आउने चिनिया पर्यटकलाई लक्षित गरी उनीहरूलाई प्रदान गरिने आतिथ्यतामा भाषाको विशेष महत्व हुने अवस्थालाई दृष्टिगत गर्दै आयोजित तालिममा ८४ जनाको सहभागिता छ । पोखरामा चिनिया पर्यटकको आगमन बढीरहेका सन्दर्भमा भाषिक सञ्चारको विशेष महत्व हुने भएकोले तालिम आयोजना गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले जानकारी दिनुुभयो ।… पुरा पढौ

‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ पत्रकार पराजुलीलाई

रोहितराज पराजुली
पोखरा, १४ जेठ / यसवर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ पत्रकार रोहितराज पराजुलीलाई प्रदान गरिने भएको छ । प्रतिभा छनौट समितिको सिफारिस बमोजिम नयाँपत्रिका दैनिकको पोखरा व्यूरोमा कार्यरत पत्रकार पराजुलीलाई सो पुरस्कारबाट सम्मान गरिन लागिएको हो । पुरस्कारको राशि रु २५ हजार नगद र सम्मानपत्र रहेको छ । उनलाई जेठ २० गते घान्द्रुकमा हुने अन्नपूर्ण म्याराथनको पाँचौ संस्करणको समापन समारोहमा सम्मान गरिनेछ । कास्कीको अन्नपूर्ण गाउँपालिका, घान्द्रुकस्थित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा स्थापित एवं सञ्चालित सो पुरस्कार अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्ने… पुरा पढौ

पोखराको फेवातालमा जेठ १८ मा डुंगा दौड प्रतियोगिता हुँदै

पोखराको फेवातालमा जेठ १८ मा डुंगा दौड प्रतियोगिता हुँदै
पोखरा, १४ जेठ/ नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजनामा पोखराको फेवातालमा राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगिता हुने भएको छ । फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थानमा आगामी जेठ १८ गते प्रतियोगिता हुन लागेको पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महिला तथा पुरुषतर्फ खुल्ला रुपमा यो प्रतियोगिता सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । फेवातालका बारेमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतमा प्रचार प्रसार गर्ने, फेवातालमा हुन सक्ने भवितब्य घटनाबारे सचेतनामुलक जानकारी दिने, फेवातालको महत्व बुझाउन तथा पोखरामा पर्यटक भित्र्याउँदै पोखराको पर्यटन… पुरा पढौ

नेपालमा बुधबार भूकम्पका तीन धक्का, कास्कीमा दुई पटक

भूकम्प
पोखरा, १४ जेठ/ बुधबार एकै दिन भूकम्पका तीन वटा धक्का महसुस भएको छ । बझाङ र कास्कीमा फरक–फरक समयमा गरी तीन वटा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बुधबार साँझ ६ बजेर २७ मिनेट जाँदा बझाङको मासदेव क्षेत्रलाई केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । यसअघि बिहान ११ बजेर ५६ मिनेट जाँदा कास्कीको फूलिबाङ आसपास क्षेत्रमा ४.४ र दिउँसो १२ बजेर ५० मिनेट जाँदा कास्कीको अन्नपूर्ण क्षेत्रमा ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ… पुरा पढौ

राइड सेयरिङको विषयमा यातायात व्यवसायी आन्दोलनमा, १६ गते देखी यातायात ठप्प

राइड सेयरिङको विषयमा यातायात व्यवसायी आन्दोलनमा, १६ गते देखी यातायात ठप्प
पोखरा, १४ जेठ/ गण्डकी प्रदेश सरकारले वार्तामा बोलाएको दिन यातायात व्यवसायीले सेवा बन्द गर्ने घोषणा गरेका छन् । राइड सेयरिङलाई वैधानिकता दिएको विरोधमा देशैभरको सार्वजनिक यातायात ठप्प पार्ने योजनासहित व्यवसायीले आन्दोलित भएका हुन् । बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर व्यवसायीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । यातायात व्यवसायीलाई मन्त्रालयले मंगलबार पत्राचार गरी वार्तामा बोलाए पनि अहिलेसम्म दोहोर संवाद हुन नसकिरहेको अवस्थामा व्यवसायीले जेठ १६ देखी गण्डकी प्रदेश र जेठ १९ गते देखी देशभरीका सर्वजनिक यातायात बन्द गर्ने घोषणा गरेका छन्… पुरा पढौ

वडा विकास संभावनाका आधार खोज्दै पोखरा २६

वडा विकास संभावनाका आधार खोज्दै पोखरा २६
पोखरा, १० जेठ/ पोखरा महानगरपालिकाको वडा नं. २६ ले शनिवार छलफल कार्यक्रमको आयोजना गरी दुई बर्षका लागि वडा विकास संभावनाका आधारहरु खोजेको छ । विभिन्न क्षेत्रका प्रतिनिधिहरुलाई भेलामा वडाले आगामी बजेटमा समावेश गर्ने गरी नीति, योजना र विकास संभावनाको आधारहरु खोजेको हो । तीन बर्षसम्म भौतिक पूर्वाधारमा बजेट केन्द्रित गरेको वडाले अवका दुई बर्ष शिक्षा, स्वास्थ्य र रोजगार प्रवद्र्धन हुने योजनालाई प्राथमिकीकरण गर्न छलफल आयोजना गरेको वडा अध्यक्ष नरेन्द्र थापाले बताउनु भयो । कार्यक्रममा पूर्व कानुन मन्त्री यज्ञवहादुर थापाले वडा… पुरा पढौ

पोखरामा जारी पिएम कपमा महिला तर्फ एपिएफ र नेपाल पुलिसको दोस्रो जित

पोखरामा जारी पिएम कपमा महिला तर्फ एपिएफ र नेपाल पुलिसको दोस्रो जित
पोखरा, १० जेठ/ नवौं पिएम कप एनभिए भलिबल लिगमा महिलातर्फ एपिएफ र नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । एपिएफले विभागीय डर्बीमा आर्मीलाई सोझो सेटमा हराए । पोखरास्थित कभर्ड हलमा भएको खेलमा एपिएफले त्रिभुन आर्मीलाई २५–७, २५–२३ र २५–२० को नतिजा निकाल्दै एपिएफले ३ अंक जोडेको छ । शनिबार भएको पहिलो खेलमा पुलिसले कर्णालीलाई कुनै पनि मौका दिएन । कर्णालीलाई २५–५, २५–९ र २५–११ को नतिजामा हराउँदै पुलिसले ३ अंक जोडेको छ ‌। महिलातर्फ टिप टप न्यु डायमण्ड… पुरा पढौ

नेपालमा ५.१ म्याग्निच्युडको भूकम्प

भूकम्प
पोखरा, ९ जेठ/ नेपालमा गएराति ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । राति १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित बनेका थिए । पोखरामा पनि शिशुवा केन्द्रविन्दु भएर भूकम्प गएको थियो । पुरा पढौ

प्याराग्लाइडिङ अवतरण अब खपौदीमै, व्यवसायी उत्साहित

प्याराग्लाइडिङ अवतरण अब खपौदीमै, व्यवसायी उत्साहित
पोखरा, ८ जेठ/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पछि सराङकोटबाट कास्कीकोट तर्फ धकेलिएको प्याराग्लाइडिङ पुनः पूर्वतर्फ सरेको छ । नागरिक उड्डयन प्राधिकरणले साविकको अवतरणस्थल खपौदी (इन्ड अफ दी लेक) मा बिहीबारबाट अवतरणका लागि अनुमति दिएको छ । पहिला सराङकोटबाट प्याराग्लाइडिङ उडान सुरू भएर फेवातालको किनार सेती र खपौदीमा अवतरण हुन्थ्यो । विमानस्थल सञ्चालनमा आएसँगै सराङकोटबाट उडान (टेकअफ) स्थल ५ किलोमिटर हवाई दूरीमा पश्चिमतर्फ मान्द्रेढुंगामा सरेको थियो । अवतरणस्थल खपौंदीबाट पामेमा सरेको थियो । प्राधिकरणले सुरक्षाको कारण देखाउँदै प्याराग्लाइडिङको उडान र अवतरणस्थल… पुरा पढौ