
दुर्गा प्रसाईं
पोखरा, ३० जेठ/ अघिल्लो चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति अबेर आदेश जारी गर्दै दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउने ओदश गरेको हो ।
त्यस्तै, अन्य ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, प्रसाईंलाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश भएको हो । काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक बहस सुरु भएको थियो ।
प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुपराजावादी भन्ने गोकर्ण शाही, सुशिल बराल, दण्डपाणी रेग्मी, केशव बस्नेत र कुमार तामाङलाई पुर्पक्षमा जेल चलान गर्ने आदेश भएको हो ।
अदालत स्रोतका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई फरार सूचीमा राखेको छ ।
पूर्वराजाको समर्थनमा २०८१ चैत १५ गते तीनकुनेस्थित घरमा आगजनी हुँदा समाचार संकलन गर्न गएका पत्रकार सुरेश रजकसहित २ जनाले ज्यान गुमाएका थिए ।
प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार भएपछि प्रहरीले पक्राउ गरेको थियो। उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्रमा ढुंगामुढा, आगजनी, तोडफोड र लुटपाट गरेका थिए ।