पोखरा, १२ मंसिर/ पोखरा १७ बिरौटामा स्केटिङ पार्क तथा प्ले जोन सञ्चालनमा आएको हो । स्केटिङको समाजसेवी नन्दप्रसाद आचार्य र पोखरा अटोवेज प्रालिका अध्यक्ष एवं मणिपाल अस्पतालका सञ्चालक नारायणप्रसाद पौडेलले उद्घाटन गरे । वैदेशिक रोजगारीबाट फर्केका ४ युवाले लगानी गरे स्केटिङ सञ्चालनमा ल्याएका हुन् । कार्यक्रममा संघीय सांसद राजु थापा, गण्डकी प्रदेश सांसद प्रकाश बराल, समाजसेवी श्रीबहादुर रानाभाट, रानाभाट/भाट समाज नेपाल कास्की अध्यक्ष सूर्यबहादुर रानाभाट लगायतले युवा पलायन बढिरहेका बेलामा देशमै केही गर्छु भन्ने युवालाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताए ।…
पुरा पढौ