
पोखराको सृजनाचोक नजिकै दुर्घटना
पोखरा, २६ जेठ/ पोखराको सृजनाचोक नजिकै दुर्घटना भएको छ । सृजनाचोकबाट जिरोकिलोमिटर तर्फ आउदै गरेको ग१ख ३६८९ नम्बरको नगर बसमा कार ठोकिएको हो ।
ग४च ६०८ नम्बरको इभि कार हेन्डिल लक्क भएपछि घुमेर बसमा ठोकिएको हो । दुर्घटनाबाट कार र बस दुबै क्षति भएको छ । कार चालक सामान्य घाइते भएका छन् ।





