मोटरसाइकल दुर्घटना सशस्त्र प्रहरी नायव निरीक्षकको मृत्यु

-


     क्लिक गण्डकी     
     जेठ २६ गते २०८२ मा प्रकाशित


मोटरसाइकल दुर्घटना सशस्त्र प्रहरी नायव निरीक्षकको मृत्यु

मोटरसाइकल दुर्घटना सशस्त्र प्रहरी नायव निरीक्षकको मृत्यु

झापा, २५ जेठ/ मोटरसाइकल दुर्घटनामा परी झापामा सशस्त्र प्रहरी नायव निरीक्षक (सई) को मृत्यु भएको छ ।

मोटरसाइकल चालक मोरङ कानेपोखरी गाउँपालिका–४ बस्ने हाल इलाम बीओपी समालबुङ पोस्टमा कार्यरत ४८ वर्षीय सशस्त्र प्रहरी नायव निरीक्षक (सई) पूरणलाल राजवंशीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार साँझ ७ः५५ बजेको समयमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कमल गाउँपालिका–३ स्थित सानो केर्खामा उनी सवार प्र १–०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

उनी घर बिदा पूरा गरी ब्यारेकतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् । दुर्घटनामा परी घाइते उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पु¥याए पनि डाक्टरले मृत घोषणा गरेका थिए ।



Tags: