
दुर्घटना
वीरगन्ज, २५ जेठ/ वीरगन्जमा भएको कार दुर्घटनामा युवकको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।
वीरगन्ज महानगरपालिका–१४ पिपरास्थित रेनुका पेट्रोल पम्प नजिक दिउँसो सवा ३ बजेतिर गण्डक चोकबाट नयाँ बसपार्कतर्फ जाँदै गरेको बीआर ५५ बी ९१०४ नम्बरको भारतीय कार अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिएको थियो ।
दुर्घटनामा घाइते भएका भारतको बिहारको नरकटीयागञ्जका अन्दाजी ३० वर्षीय बिटु सर्राफको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कारका चालक नरकटीयागञ्जकै ४० वर्षीय गणेश सर्राफ, कारमा सवार त्यही ठाउँका २० वर्षीय रतन सर्राफ र २१ वर्षीय बिटु सर्राफ गम्भीर घाइते भएका छन् ।
उनीहरूको बाराको नौतननस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।





