
हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कारबाट तुलाचन र गुरूङ पुरस्कृत
पोखरा, २२ जेठ/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लगानीका लागि रातो कार्पेट ओेछ्याएर निजी क्षेत्रको स्वागत गर्नुपर्ने बताए । उनले नीजि क्षेत्रले कर छलि गर्न नसक्ने गरी कानुन बनाउनु पर्ने, श्रमशोषण गर्न नसक्ने र उपभोक्तालाई बढि मुल्य लिन नपाइने गरी सरकारले व्यवस्था गनुपर्ने बताए ।
बिहीबार पर्यटन व्यवसायी महिला संघ नेपालको सातौं साधारण सभा तथा चौथो साधारणसभा पाण्डेले होटलको मापदण्ड बनाउने देखि लिएर पर्यटन ऐन, नागरिक उड्डयन ऐन बनाउन सरकार लागि परेको बताए । उनले सातै प्रदेशमा पर्यटन बोर्ड स्थापनाका लागि पनि सरकार लागेको बताए । उनले पर्यटनको सफलमा सबैको सफलता जोडिएको बताए ।
कार्याक्रममा ‘स्व हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार’ बाट गण्डकीका २ जना पर्यटनकर्मी पुरस्कृत गरे । अग्रज पर्यटन उद्यमी हरिध्वज तुलाचन र युवा पर्यटनकर्मी उर्मिला गुरुङ पुरस्कृत भएका हुन् । उनीहरूलाई मन्त्री पाण्डे, टेवानकी अध्यक्ष कमला गिरी लगाएतले नगद १५ हजार ५ सय ५ रुपैयाँ सहित सम्मानपत्र र दोसल्लाबाट पुरस्कृत गरे ।
पोखराका अग्रणी पर्यटन उद्यमी हुतराज श्रेष्ठको स्मृतिमा स्थापना गरिएको हो पुरस्कार पहिलोपल्ट उनीहरूलाई प्रदान गरिएको हो । पर्यटन व्यवासयी सञ्जयकान्त सिग्देलको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको सिफारिस आधारमा उनीहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।
पोखरामा ड्रागन होटल खोलेर पर्यटनमा होमिएका तुलाचन अहिले ८१ वर्षका भए । उनी पर्यटन, समाजसेवा र सांस्कृतिक क्षेत्रका नक्षत्र हुन् । विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थाको स्थापना र नेतृत्व गरिसकेका उनले ६ दशकभन्दा लामो समयदेखि पर्यटनमा योगदान पु¥याउँदै आएका छन् ।
त्यसैगरी, नेपालको पहिलो पर्यटन गाउँ सिरुबारी (स्याङ्जा) मा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी ३६ वर्षीया उर्मिला गुरुङ उदाहरणीय युवा हुन् । पोखराको सुविधायुक्त बसाइँ त्यागेर एक दशकदेखि उनी सिरुबारी गाउँमा फर्केर सबैको प्रेरणास्रोत बनेकी छिन् । उनी अतिथि सत्कार, होमस्टे व्यवस्थापन, सांस्कृतिक कार्यक्रमलगायत कामको नेतृत्व गर्छिन् । त्यति मात्र होइन, मुलुकभित्रका विभिन्न गाउँमा होमस्टे व्यवस्थापन तालिमसमेत दिँदै आएकी छिन् ।





