
शव
पोखरा, ३१ जेठ/ पोखरा घुम्न आएकी एक महिलाको मध्यरातमा होटलको छतबाट खसेर ज्यान गएको छ ।
पोखरा ६ लेकसाइड स्थित होटल रुद्राक्षको पाँचौं तलाबाट खसेर रुपन्देही, बुटवल उपमहानगरपालिका–१०, रानीवन निवासी ३२ वर्षीया सरीता भण्डारीको मृत्यु भएको हो ।
गएराती अन्दाजी १२ बजे पाँचौं तलाबाट खसेकी भण्डारीलाई तत्कालै गण्डकी मेडिकल कलेज पु¥याइएको भएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सरीता जेठ २९ गते श्रीमान् र दुई नाबालक छोरा सहित पोखरा घुम्न आएकी थिइन् ।
घटनापछि उनका श्रीमानलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिइएको छ । प्रहरीले दुई नाबालक छोरालाई आफन्तको जिम्मा लगाएको छ ।