पोखरामा १ करोड ३० लाख बराबरका सुनका गहना सहित २ जना पक्राउ

-


     क्लिक गण्डकी     
     असार ७ गते २०८२ मा प्रकाशित


पोखरामा १ करोड ३० लाख बराबरका सुनका गहना सहित २ जना पक्राउ

पोखरामा १ करोड ३० लाख बराबरका सुनका गहना सहित २ जना पक्राउ

पोखरा ७ असार/ जिल्ला प्रहरी कार्यालय कास्कीले अबैध रुपमा सुनका गरगहना ओसारपसार गर्ने २ जनालाई पक्राउ गरेको छ ।

असार ६ गते पोखराबाट बुटवल तर्फ जादै गरेको माइक्रोबस पोखरा २२ पुम्दिभुम्दिमा खानतलसी गर्दा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत पंजाव घर भएका कुलदीप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका वडानम्बर १६ घर भएका रामबहादुर विक रहेका छन् ।

उनिहरुको साथबाट प्रहरीले ८२ तोला १६ लाख सुन र सनुका गरगहना वरामद गरेको छ । उक्त सुन असार ६ गतेको दर रेटका आधारमा एक करोड ३० लाख ४१ हजार ८ रुपैया मुल्यको रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।

बरामद हुनेमा सुनका ९ प्रकारका गरगहना र सुनको डल्ला रहेका छन् । शनिबार जिल्ला प्रहरी कार्यालय परिषरमा पत्रकार सम्मेलन गरेर प्रहरीले जानकरी दिएको हो ।

कुलदीप र रामबहादुर दुवै जना कालिवढको रुपमा काम गर्ने व्यक्ती रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गरगहना बनाएर पोखरा, काठमाडौँ, नारायणघाटमा विक्री वितरण गर्ने गरेको र उसले भारत पंजाव अम्मरजित साहूको पसबाट गहना लिने गरेको खुलेको ओलियाले जानकारी दिए ।

उनिहरुलाई थप अध्यनका लागि राजश्व अनुसन्धान कार्यालयमा बुझाउने प्रहरीले जनाएको छ ।

विभिन्न किसिमका सुन तथा हिराका गरगहना सहित २ जना मानिस पक्राउ

मिति २०८२।०३।०६ गते पोखराको विभिन्न स्थानहरुमा अवैध रुपमा विक्री वितरणको लागि सुन ल्याएको भन्ने गोप्य सूचना प्राप्त हुनसाथ यस जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२२ पुम्दीभुम्दी स्थितबाट बुटबल तर्फ जादै गरेको माईक्रोबसमा चेक जाँच गर्दा २ जना मानिसहरुलाई सुनको गरगहना सहित पक्राउ गरिएको । पक्राउ व्यक्तिहरु दुबै जनालाई उक्त सामान सहित आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको ।

पक्राउ व्यक्तिहरुको विवरण तथा फोटो :-

  • न्यु प्रताप नगर,जि टि रोड अमृतसर -१ पंजाव, भारत बस्ने ४९ वर्षको कुलदिप सिंह,
  • जिल्ला रुपन्देही तिलोत्तमा न.पा. १६ पुर्वबहिया बस्ने वर्ष ४७ को राम बहादुर बि.क. 

बरामद सामानहरुको विवरण तथा फोटो :-

  • सुनको ढिक्का सानो ठुलो  – २ तोला २३ लाल
  • सिक्री– २९ थान     (तौल १० तोला ३१ लाल)
  • दानावाला माला – १ थान ( तौल २ तोला ९४ लाल)
  • पथ्थर जडित र हिरा जडित औंठी – ५७ थान ( तौल गर्दा १० तोला ५४ लाल)
  • कानमा लगाउने जुली– ३२४ थान (१६२ जोर) ( तौल गर्दा २७ तोला ६३ लाल)
  • मंगलसुत्र – १७ थान  ( तौल गर्दा ५ तोला)
  • लकेट- ९९ थान  (तौल गर्दा १३ तोला १२ लाल)
  • कालो र रातो माला सहितका पोते– १९ थान (तौल गर्दा ९ तोला ३९ लाल)
  • झुम्का स-साना टुक्राहरु – १ तोला ।

जम्मा ८२ तोला १६ लाल ( ९५७.९८ ग्राम पथ्‍थर सहित)

पथ्थर बाहेकको २२/ २४/ १८ क्यारेटको सुनको मुल्य मिति २०८२।०३।०६ गतेको बजार मुल्यको आधारमा रु.१,३०,४१,००८।– (अक्षेरुपी एक करोड तीस लाख एकचालिस हजार आठ  रुपैँया)  स्रोत – नेपाल सुन चाँदी रत्न तथा आभुषण ब्यबसायी संघ, कास्की।

 प्रारम्भिक अनुसन्धानबाट खुलेका कुराहरु :-

  • निज कुलदिप सिंह ३ बर्ष पहिले देखी नै राम बहादुर बि. क. सँग  फेसबुक मार्फत साथी रहेको ।
  • दुबै जना सुनको गरगहना सम्बन्धी काम गर्ने ।
  • निज कुलदिप पछिल्लो समयमा भारतको जुपि, गोरखपुर, बिहार, उडिसा दिल्ली, हरियाणा लगायतको स्थानमा सुनका गरगहना बेच्दै हिड्ने गरेकोमा नेपालमा पनि बेच्ने योजना बनाएको।
  • निजले उक्त गरगहना अमृतसरमा रहेको अमरजित साहुको सुन पसलबाट लिने गरेको ।
  • निज कुलदिप सिंह राम बहादुर वि.क.लाई लिएर गत ४ गते बुधबार नै पोखरा आई सुन बिक्री गर्न खोजेको ।
  • राम बहादुर बि.क. सुन बिक्री भए बापत केही रकम लिने शर्तमा बुटबलबाट पोखरा साथीको रुपमा आएको ।



This will close in 10 seconds