
दुर्घटना
पोखरा, १९ असार / पोखरा महानगरपालिका लेखनाथको भण्डारढिकमा बसले ठक्कर दिंदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
कास्कीको पोखरा महानगरपालिका– २९ भण्डारढिकस्थित सडकमा ग १ प १९९ नम्बरको बसले ठक्कर दिदा पैदल यात्री सोही ठाउँ बस्ने ४५ वर्षीय बुद्धिबहादुर परियारको बुधबार राति मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनापश्चात आबश्यक अनुसन्धानका लागि बस चालकलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।





