
स्पा (मसाज) सेन्टर
पोखरा, १७ असार / कास्की प्रहरीले पोखराको लेकसाइडका तीन स्पा सेन्टरबाट ८ जना बालबालिकाको उद्धार गरेको छ ।
स्पा सेन्टरमा बालबालिकाहरुलाई कममा लगाएको भन्ने सुचनाका आधारमा कास्की प्रहरी र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाबट गएको टोलीले ८ जना बालिकाको उद्धार गरेको हो ।
स्पा सेन्टरहरुबाट १८ वर्ष भन्दा मुनिका ८ जना बालिकाको उद्धार गरेको कास्कीका प्रहरी प्रवक्ता डिसपी हरी बहादुर बस्नेतले जानकारी दिए । पर्सल्यान स्पाबाट २, ताराहिल लज स्पा एण्ड व्युटी केयरबाट २ र ईभेन्डर व्युटि एण्ड स्पाबाट ४ जनाको उद्धार गरेको उनले बताए ।
बाल श्रम ऐ, २०५६ विपरित जोखिम पूर्ण व्यवसायमा लगाएको देखिएकोले सो कार्यमा संलग्न स्पा सेन्टरहरुलाई आवश्यक कार्वाहीका लागि उद्धार गरिएका बालिकाहरु सहित श्रम तथा रोजगार कार्यालय पोखरा पठाएको उनले बताए ।







