
पोखरामा बसमा सुनको सिक्री चोरी गर्ने दुई जना काठमाडौंबाट पक्राउ
पोखरा, २६ असार/ पोखरामा बसमा सुनको सिक्री चोरी गर्ने दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
२०८१ चैत २९ गते अम्मरसिंह चोकबाट लेखनाथ तर्फ जाँदै गरेको बसमा सवार एक जना महिलाले घाँटिमा लगाएको २ तोलाको सुनको सिक्री चोरी भएको थियो ।
पोखरा महानगरपालिका वडा नम्बर १० शिवचोक स्थितमा पुग्दा सोही बसमा सवार २ जना व्यक्तिहरुले सिक्री चोरी फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी परिचालन भई अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न निम्न २ जना व्यक्तिहरुलाई २०८२ असार २५ गते काठमाडौंबाट पक्राउ गरेको कास्की प्रहरीका निमित्त सुचना अधिकारी अभिनास जिसीले जानकारी दिए ।
जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौको सहयोगमा जिल्ला काठमाण्डौ गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थितबाट पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रहरीले पक्राउ गरेका काभ्रेपलाञ्चोक बेथानचोक गा.पा.६ घर भई हाल जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा. ४ बस्ने वर्ष २८ को अन्जन तामाङ र काभ्रेपलाञ्चोक घर भई हाल जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा. ४ बस्ने वर्ष ३२ को सुरेश तामाङ रहेका छन् ।





