रसुवागढीमा आएको बाढीले १६ जना बेपत्ता, ९ जनाको उद्धार, पक्की पुल बगायो

-

     क्लिक गण्डकी     
     असार २४ गते २०८२ मा प्रकाशित

रसुवागढीमा आएको बाढीले १६ जना बेपत्ता, ९ जनाको उद्धार, पक्की पुल बगायो

रसुवागढीमा आएको बाढीले १६ जना बेपत्ता, ९ जनाको उद्धार, पक्की पुल बगायो

पोखरा, २४ असार / चीनसँगको व्यापारिक नाका रसुवागढीमा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका छन् । चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशी खोलामा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका हुन् । 

बेपत्ता हुनेमा तीन जना नेपाल प्रहरी, तीन जना सवारी चालक, ६ जना नेपाली कामदार, सवारी चालक, ४ जना चिनियाँ कामदार रहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीले जानकारी दिए । रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको उद्धार भएको छ । 

चीन र रसुवागढी जोड्ने पक्की पुल पनि बगाएको छ । गएराति सवा ३ बजेतिर भोटेकोसी नदीमा आएको बाढीले पक्की पुल बगाएको हो । बाढीले भन्सार र्याडमा भएको कन्टेनरहरू पनि बगाएको छ ।