
वर्षाका कारण पोखराको काहुँ खोलामा बाधँ फुट्यो, दुई घर जोखीमा, बस्तीमा बाढी
सागर राज तिमिल्सिना/ मधेष प्रदेशमा पानी नपेरका कारण खडेरी परेको छ । सरकारले मधेष प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । तर नेपालको चेरापुन्जी भनेर चिनिने कास्कीको लुम्लेमा भने अघिल्लो वर्षको दोब्बर बढि पानी परेको छ । पोखरामा भने अघिल्लो वर्षको तुलनामा आधा भन्दा कम वर्षा भएको छ ।
जल तथा मौषम विज्ञान पोखराका अनुसार जुन र जुलाईको तथ्याङ अनुसार लुम्लेमा पानी बढी पर्दा पोखरा बजारमा भने कम परेको छ । अघिल्लो वर्ष यी दुई महिनामा लुम्लेमा २ हजरा १ सय २२ मिलिमिटर पानी परेको थियो भने यस वर्ष ४ हजार ५ सय २८ मिलिमिटर पानी परेको जल तथा मौषम विज्ञान पोखराकी मेटेरियोलोजिष्ट मञ्जु बासीले बताइन् ।
उनले पोखरा विमास्थालको रेकर्ड अनुसार अघिल्लो वर्षको जुन र जुलाईमा २ हजार ९२ मिलिमिटर पानी परेकोमा यस वर्ष त्यसको आधा भन्दा कम ९ सय ९ मिलिमिटर पानी परेको बताइन् । कास्कीको लुम्लेमा एक वर्षमा सबै भन्दा धेरै पानी ५ हजार मिलिमिटर परेको छ । यस वर्ष त्यस रेकर्डलाइ पनि उछिन्ने होकी भन्ने देखीको उनले बताइन् ।
दुई महिना मै ४५ सय भन्दा बढि मिलिमिटर पानी परेकाले रेकर्ड तोडिन सक्ने बताइन् । यी दुई महिनामा पोखरामा सबै भन्दा धेरै जुन ११ तारिखमा १ सय ५७ मिलिमिटर पानी परेको थियो । त्यसै गरी लुम्लेमा सबै भन्दा धेरै जुलाई २० तारिकमा २ सय १५ मिलिमिटर पानी परेको थियो । पोखरामा पानी कम परेपछि पछिल्लो समयमा गर्मी महाशुस भएको छ । बिहीकार मात्रै यो वर्षको सबै भन्दा बढि ३४ दशमलव ५ डिग्री सेल्से मापन भएको छ ।
उनले यो वर्ष मनसुन बाँकी रहेकाले तथ्यांक अझै बढ्न सक्ने बताइन् । तर, अहिलेसम्मको तथ्यांक हेर्दा पोखरा अघिल्लो वर्षभन्दा कम र लुल्लेमा सबै भन्दा धेरै पर्ने देखीन्छ । झन्डै पाँचदशक अवधिको तथ्यांक अनुसार पोखरामा सन् १९९८ मा सबैभन्दा बढी ४८७९ मिलिमिटर वर्षा भएको थियो । पोखरामा सबैभन्दा बढी २००१ अगष्ट १८ मा एकैदिन सबैभन्दा बढी ३५७ मिलिमिटर वर्षा भएको थियो । त्यो नै अहिलेसम्म एकैदिनको अधिक वर्षा हो ।





